Headline

ट्राइ सिरिजका लागि प्रारम्भिक टोलीको घोषणा

Published

on

नेपाल क्रिकेट संघले बैशाख ४ देखि ११ सम्म त्रिवि क्रिकेट मैदानमा हुने नेपाल, मलेशिया र नेदरल्याण्ड्स सम्मिलित ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय ट्राइ सिरिजका लागि २० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ ।

टिममा भेटेरान बायाँ हाते स्पिनर बसन्त रेग्मी र मिडल अर्डर ब्याट्स्म्यान शरद भेषावकरलाई समावेश गरिएको छैन । दुवै खेलाडी नेपाली टोलीले पछिल्लो पटक अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी श्रृंखला खेल्दा पनि नेपाली टोलीमा रहेका थिएनन् ।

नेपालको पछिल्लो पटक थाइल्याण्डमा एसिसि इस्टर्न रिजन ट्वान्टी ट्वान्टी एसिया कप क्वालिफायर मार्च २०२० मा खेलेको थियो । प्रतियोगिता मार्फत सोमपाल कामीले पनि नेपालको लागि पुनरागमन गर्ने अवसर छ ।

ढाँडको समस्याका कारण सोमपाल नेपालमा डिसेम्बर, २०१९ मा भएको दक्षिण एसियाली खेलकुददेखि नै टिममा छैनन् भने यस क्रममा उनले आईसिसि क्रिकेट बिश्वकप लिग टु र थाइल्याण्डको क्वाफिायर पनि छुट्टाएका थिए । घोषणा भएका टोली सदस्यमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्र सिँह ऐरि, सन्दिप लामिछाने, बिनोद भण्डारी, करण केसी, अविनाश बोहोरा, आरिफ शेख, आशिफ शेख, कुशल मल्ल र कुशल भुर्तेल रहेका छन् ।

यस्तै चैत्र २४ गतेदेखि शुरु हुने बन्द प्रशिक्षणका लागि लोकेश बम र शाहब आलमलाई पनि बोलाइएको छ भने बिक्रम सोब पनि २० सदस्यिय टोलीमा अटाएका छन् । अन्य खेलाडीहरुमा कमल सिँह ऐरि, कुशल मल्ल, सुशन भारी श्रेष्ठ, सन्दिप जोरा, पवन शर्राफ र ललित नारायण राजबंशी पनि रहेका छन् ।

पहिलो र एक मात्र चरणको बन्द प्रशिक्षणपछि १५ सदस्यिय अन्तिम टोलीको घोषणा गरिनेछ । चार खेलाडी बैकल्पिकको रुपमा रहने छन् ।

नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक डेभ ह्वाटमोर, ज्ञानेन्द्र मल्लको सहयोगमा प्रमुख छनोटकर्ता उत्तम कर्माचार्यले प्रारम्भिक टोलीको घोषणा गरेका हुन् ।

Click to comment

Trending