Headline

ज्योति पाण्डेको अर्धशतकमा एपिएफको लगातार दोश्रो जित

Published

on

नेपाल एपिएफ क्लबले ज्योति पाण्डेको आकर्षक अर्धशतकको मद्दतमा सुदुर पश्चिम प्रदेशलाई ३७ रनको फराकिलो अन्तरले पराजित गर्दै मेयर कप महिला क्रिकेट च्याम्पियनसिपमा लगातार दोश्रो जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा ज्योतिले प्रतियोगिताको पहिलो अर्धशतक बनाउनुका साथै सरिता मगरले राम्रो फिनिसिङ दिएपछि पहिलो ब्याटिङ्ग गरेको एपिएफले २ विकेटका क्षतिमा १ सय २७ रन बनायो ।

सोमु बिस्टले शुरुवाती दुई र बिनु बुढामगरले तीन विकेट लिएपछि सुदुर पश्चिम १९ ओभरमा ९० रनमै अल आउट भयो । सुनिता लुहारले सुदुरपश्चिमका लागि सर्वाधिक २३ रन बनाइन् । उनले २२ बलमा तीन चौका प्रहार गरिन् । डली भट्टले १८ बलमा १६ रन बनाउदा दुई चौका प्रहार गरिन् । कप्तान सिता राना मगरले पनि दुई विकेट हात पारिन् ।

शनिबारको पहिलो खेलमा प्रधानमन्त्री कप च्याम्पियन प्रदेश १ लाई पराजित गरेको एपिएफले एक पटक फेरि सशक्त शुरुवात गर्यो । ज्योति र सीता (१६) ले पहिलो विकेटका लागि ५६ रन जोडेका थिए । त्यसपछि ज्योति र सरिताले अर्को ५२ रन जोडेपछि एपिएफले चुनौतिपूर्ण योगफल खडा गर्यो ।

ज्योतिले ५० बलमा सात चौकाको मद्दतमा ५९ रन प्रहार गरिन् । सरिताले ४२ बलमा तीन चौकाको मद्दतमा ३५ रन बनाइन् ।

Click to comment

Trending