Headline

सिजनकै महत्वपूर्ण खेलमा नेमारलाई रेड कार्ड, पिएसजी पराजित

Published

on

सिजनकै महत्वपूर्ण खेलमा पेरिस सेन्ट जर्माइनलाई १–० ले पराजित गर्दै लिले फ्रेञ्च लिग वानमा तीन अंकको स्पष्ट अग्रता लिएको छ ।

शिर्ष चारमा निकै प्रतिस्पर्धा रहेको यो सिजनमा ३१ खेलपछि लिलको ६६, पिएसजीको ६३, मोनाकोको ६२ र लियोनको ६१ अंक रहेको छ । पाचौं स्थानको लेन्स भने १२ अंक पछाडी छ ।

ब्राजिलियन सुपर स्टार नेमार खेलको अन्तिम समयमा रेड कार्ड खादै बाहिरिएको खेलमा २० बर्षिय जोनाथन डेभिडले २० औं मिनेटमा गरेको प्रहार डिफ्लेक्ट हुदै गोल भएको थियो । त्यसपछि दुवै टोलीले प्रयास गरेपनि खेलमा गोल हुन सकेन ।

अन्तिम समयमा नेमारले बल आउट अफ प्लेमा रहेको समय डियालोलाई धकेलेपछि दोहोरो पहेलो पाएका थिए । डियालोले पनि आक्रमक रुपमा प्रतिकृया जनाएपछि उनलाई पनि दोश्रो पहेलो कार्ड दिइएको थियो ।

दुवै खेलाडी मैदानबाट बाहिरिदा नेमार र डियालो टनेलबाट छिर्दै गर्दा पनि एक आपसमा भिडेका थिए ।

लिलले आफ्नो पछिल्लो दुई खेलमा पराजय व्यहोरेपछि अन्य टोलीको लागि उपाधि दौड खुला भएको थियो । पिएसजी लगातार चौथो पटक लिग उपाधि जित्ने अभियानमा छ ।

फ्रेञ्च कपमा मोनाकोलाई मार्चमा ३–० ले हराए पनि घरेलु मैदानमा पिएसजी संघर्षरत देखिएको थियो । सबै प्रतियोगिता गरेर यो सिजन १० खेलमा पराजित भइसकेको पिएसजीले बुधबार च्याम्पियन्स लिगको क्वार्टर–फाइनलमा बायर्न म्युनिखको सामना गर्नेछ ।

शनिबार नै मोनाकोले मेट्जलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो भने लियोन लेन्ससँग १–१ गोलको बराबरीमा रोकियो ।

Click to comment

Trending