Headline

कुवेती अब्दुल्लाहलाई राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको रुपमा सार्वजनिक गर्दै एन्फा

Published

on

अखिल नेपाल फुटबल संघले आइतबार औपचारिक रुपमा कुवेतका अब्दुल्लाह अल मुताइरीलाई राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको रुपमा सार्वजनिक गर्दैछ ।

स्विडिस प्रशिक्षक योहान कालिनले छोडेयता नेपाली टोली प्रो लाइसेन्स प्रशिक्षक बिना अन्तर्राष्ट्रिय फुटबलमा सहभागी हुदै आएको थियो । फिफाले आफ्ना सदस्य राष्ट्रहरुको लागि प्रो लाईसेन्स प्राप्त प्रशिक्षकहरुलाई मात्रै प्रशिक्षणको जिम्मेवारी दिनु पर्ने प्रावधान राखेको छ ।

कतार फुटबल फेडेरेसनले एन्फालाई प्रो लाइसेन्स कोच/एएफसी कोचिङ इन्स्ट्रक्टरका रुपमा केही साता अघि मात्रै कुवेतका अब्दुल्लाहलाई नेपाल पठाएको थियो । उनको सम्झौता अहिलेलाई १ वर्षको हुनेछ ।

उनले यसअघि कतारको अल शाहनी फुटबल क्लब यू-२३ र किर्गिस्तान यू-१७ टिमको प्रशिक्षकको भूमिकामा काम गरिसकेका छन् । अब्दुल्लाहसँग साउदी अरेबिया र कुवेतको क्लबहरुसँग काम गरेको पनि अनुभव छ ।

कालिनले राजीनामा दिए पछि बालगोपाल महर्जन कार्यकारी प्रशिक्षकको रुपमा काम गर्दै आएका थिए । नेपालले अब भने प्रो लाइसेन्स प्रशिक्षक पाए सँगै जुनमा हुने विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट चरणहरु खेल्ने छ ।

नेपाल रहेको समुहमा चाइनिज ताइपेइ, अष्ट्रेलिया, जोर्डन र कुवेत रहेका छन् । नेपालले पहिलो चरणका सबै र दोस्रो चरणको पहिलो खेलमा कुवेतको सामना गरिसकेको छ । दोस्रो चरणको पहिलो खेलमा नेपालले कुवेतबिरुद्धको घरेलु खेल दशरथ रङशाला तयार हुन नसकेपछि भुटानमा खेलेको थियो जहाँ नेपाल १–० ले हारेको थियो । नेपालले कुवेतमा भएको अवे खेलमा भने ७–० को लज्जास्पद पराजय व्यहोरेको थियो ।

नेपालले समुहमा निकालेको एक मात्र जितमा अवे खेलमा चाइनिज ताइपेइलाई २–० ले हराएको थियो । यस्तै अष्ट्रेलियाबिरुद्धको खेलमा नेपालले ५–० ले पराजित भएको थियो भने जोर्डनसँग पनि ३–० ले हारेको थियो ।

Click to comment

Trending