Headline

४० वर्ष पछि स्ट्यामफोर्ड ब्रिजमा वेष्ट ब्रोमसँग हार्यो चेल्सी

Published

on

पछिल्लो पाँच खेलमा एक गोल मात्र गर्न सकेको वेष्ट ब्रोमले चेल्सीलाई ५-२ ले हराएको छ । स्ट्यामफोर्ड ब्रिजमा ४० वर्ष पछि हराउने क्रममा वेष्ट ब्रोमका लागि म्याथिएस परेरा,क्यालम रोबिनसनले दुई-दुइ गोल गर्दा एम्ब्याए डिगानेले एक गोल गरे । चेल्सीका लागि क्रिष्चियन पुलिसीच र मेसन माउण्टले एक-एक गोल गर्दा हार टार्न सकेनन् ।

खेलमा पहिलो गोल चेल्सीले गरेको थियो । २७ औँ मिनेटमा मर्कस अलन्सोले प्रहार गरेको फ्रिकिक पोस्टमा लागेर फर्किए पनि पुलिसीचले रिबाउण्डमा गोल गरेका थिए तर २९ औँ मिनेटमा भने चेल्सीको खेलले अर्कै दिशा लियो । थियागो सिल्भा लगतार दोस्रो पहेंलो कार्ड खाँदै मैदान छोडे पछि डिफेन्समा निकै कमजोर देखिएको चेल्सीले पहिलो हाफमा अग्रता गुमाउदै दुई गोल खान पुग्यो ।

पहिलो हाफको थपिएको इन्जुरी समयको दुई र चार मिनेटमा म्याथिएस परेराले गोल गर्दै वेष्ट ब्रोमलाई २-१ को अग्रता दिलाएका थिए । यस्तै दोस्रो हाफमा पनि चेल्सी वेष्ट ब्रोमको सामु निरह रह्यो । ६३ औँ मिनेटमा रोबिनसनले गोल गर्दै वेष्ट ब्रोमको अग्रता ३-१ बनाए । त्यस्को पाँच मिनेट पनि नबित्दै एम्ब्याए डिगानेले ६८ औँ मिनेटमा चौँथो गोल गरे ।

७१ औँ मिनेटमा चेल्सीका लागि माउण्टले गोल गरे पनि खेलमा फर्किन सकेन । ९० मिनेट पछिको इन्जुरी समयमा वेष्ट ब्रोमले चेल्सीको पोस्टमा पाँच गोल गर्‍यो । फेरी रबिनसनले गोल गर्दै वेष्ट ब्रोमलाई ठुलो जित दिलाए ।

जितसँगै वेष्ट ब्रोम २१ अंक सहित १९ औँ स्थानमा रहेको छ । चेल्सी भने ३० खेल खेल्दै ५१ अंक सहित चौँथो स्थानमा रहेको छ ।

हारसँगै चेल्सीको अपरजित यात्रामा पूर्णविराम लागेको छ ।

Click to comment

Trending