Headline

प्रनभ र सुनिरा च्याम्पियन

Published

on

प्रनभ मानन्धर र सुनिरा थापा तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगितामा यु–१४ तर्फको विधामा पहिलो भएका छन् ।

मन्डिखाटार स्थित टेनिस कोर्टमा शनिबार भएको फाइनल खेलमा प्रनभ मानन्धरले राजविर मानन्धरलाई ६–१ र ६–२ को सेटमा पराजित गर्दा गल्र्सतर्फ सुनिराले प्रशंसा मोत्तानलाई ६–२ र ६–० को सेटमा पराजित गर्दै पहिलो भएका हुन् । शनिबारकै यु–१२ तर्फको फाइनल खेलमा भने दर्शिल श्रेष्ठले बाजी मारे । दर्शिलले बोरिस अधिकारीलाई ६–४ र ६–४ को सेटमा पराजित गर्दै च्याम्पियन भएका हुन् ।

यस्तै गल्र्स डबल तर्फ इशाश्री शाह र सर्भानी श्रेष्ठ तथा ब्वाइज डबल्समा आरभ सम्राट हाडा र अकि जुबिन रावतले उपाधि जितेका छन् । इशाश्री र सर्भानीले निमिशा ढकाल र आइसा डी. गुरुङमाथि ७–६ र ६–२ जित निकाल्दा आरभ र अकिले प्रनभ मानन्धर र रजवीर प्रधानलाई ६–४ र ६–२ को सेटमा हराउँदै स्वर्ण पदक जितेका हुन ।

प्रतियोगितामा आइतबार यु–१६ ब्वाइज र गल्र्सबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । यु–१६ ब्वाइजमा आरभ सम्राट हाडा र अकि जुविन रावत तथा यु–१६ गल्र्समा सर्भानी श्रेष्ठ र रैना शाहबीच प्रतिस्पर्धा हुनेछ ।

Click to comment

Trending