Headline

सहकारी कप चेसको दोश्रो दिन शिर्ष बरियताका रुपेश पराजित

Published

on

सुन्दर साकोस हेटौडाका कृष्ण थापा, माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लबका क्षितिज भण्डारी, दोलखाका सुमित पन्त, गजुरमुखी चेस क्लबका रिजेन्द्र राजभण्डारी, प्रकाश नेपाल र करुणामय साकोसका पूर्वनेपाल च्याम्पियन केशव श्रेष्ठले गणेशमान सिंह स्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितमा संयुक्त अग्रता लिएका छन् ।

तेश्रो चरणको समाप्तिसम्म शिर्ष स्थानमा रहेका खेलाडीहरुको समान ९ अंक रहेको छ । शिर्ष वरियताका खेलाडी फिडे मास्टर रुपेश जैसवाललाई नोभा साकोस ललितपुरका युवा खेलाडी सुदिप तामाङ्गले माथ गरे । सुदिपले तेश्रो चरणको खेलमा दोलखाका मिलन लामासित बराबरी खेलेका थिए ।

तामाङ्गसँगै जनता साकोस ललितपुरका सजिन महर्जन, दमकका राजन सुवेदी, सिलुलाइट साकोस लुभुका कमल श्रेष्ठ, सुरोज महर्जन र सद्भाव कृषि सहकारी लुभुका अशोकमोहन श्रेष्ठ २ जीत र एक बराबरी खेली ७ अंकका साथ संयुक्तरुपमा दोश्रो स्थानमा छन् ।

६४औं सहकारी दिवसको उपलक्ष्यमा आयोजित प्रतियोगितामा ९० जना खेलाडीहरु प्रतिस्पर्धा गर्दैछन् । पाँचदिने प्रतियोगिताका विजेताले यामाहा मोटरसाइकल, उपविजेताले नगद ६० हजार हात पार्नेछन् भने कुल नगद पुरस्कार रु.५,६१,४०० रहेको छ ।

Click to comment

Trending