Headline

सहारालाई हराउँदै एपिएफ आहा राराको सेमिफाइनलमा

Published

on

नेपाल एपिएफ क्लबले पोखरामा जारी १९ औँ आहा रारा गोल्डकपमा आफ्नो पहिलो खेलमा जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा एपिएफले सहारा क्लब,पोखरालाई १-० ले हराउँदै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो । एपिएफको जितमा आशिष लामाले
खेलको ८७ औँ मिनेटमा निर्णायक गोल गरे ।

पहिलो हाफमा एपिएफले निकै मौकाहरु गुमाउन पुग्यो । खेलको २६ औँ मिनेटमा प्रदिप लामाले क्रस गरेको बल सहराका विदेशी खेलाडी एडमा डुम्विया डेडेले क्लियर गर्दिएका थिए ।

खेलको ४५ औँ मिनेटमा राजनकै प्रहार सहाराका गोलरक्षक दिप कार्कीले जोगाए । पहिलो हाफ गोलरहित बाराबरीमा सक्किए पनि दोस्रो हाफमा पनि उतिक्कै एपिएफले मौका बनायो ।

खेलको ५६ औँ मिनेटमा प्रदिप लामाले प्रहार गरेको फ्रीकिकमा आशिष् लामाले हेडरलाई दिप कार्कीले नजोगाए पनि डिफेण्डर कमल थापाले क्लियर गर्दिएका थिए ।

आहा राराको आईतबार हुने खेलमा मछिन्द्र र एआरएबीच प्रतिस्पर्धा हुनेछ ।

Click to comment

Trending