Headline

रोनाल्डोले रिसको झोंकमा फालेको आर्मब्याण्ड ७५ हजार डलरमा बिक्यो

Published

on

बिश्व फुटबल सुपरस्टार क्रिष्चियानो रोनाल्डोले सर्बियाबिरुद्ध बिश्वकप युरोपियन छनोटका दौरान रिसको झोंकमा फालेको आर्मब्याण्ड ७५ हजार डलरमा बिकेको छ ।

२–२ को अवस्थामा रहेको खेलमा केही सेकेण्ड मात्र बाँकी रहदा रोनाल्डोले प्रहार गरेको बलले गोललाइन क्रस गरेपनि स्टेफ मित्रोभिचले गरेको क्लियरेन्सलाई बैध मान्दै गोल दिइएको थिइएन । गोललाईन टेक्नोलोजी प्रयोग नभएको खेलमा रोनाल्डो अन्तिम सिठी बज्नुअघि नै रिसले आफ्नो कप्तानको आर्मब्याण्ड फाल्दै बाहिर निस्किएका थिए ।

रोनाल्डोले आफ्नो रिसका कारण पहेलो कार्ड खाएपनि त्यसले परोपकारी काम भने गरेको छ । मैदानमै रहेका एक स्टेवार्ड रोनाल्डोको आर्मब्याण्डलाई एक स्थानीय टेलिभिजन च्यानलसँग मिलेर अक्सनमा राखेपछि त्यसले ७५ हजार डलर कमाएको छ ।

एक गुमनाम व्यक्तिले रोनाल्डोको आर्मब्याण्डलाई ठूलो रकममा किनेका हुन् । उक्त रकम बिरलै लाग्ने रोगबाट संघर्ष गरिरहेका ६ महिने सर्बियन बालक गाभ्रिलो जुर्जेभिचको उपचारका लागि उठाइएको हो । यद्दपि जुर्जेभिचलाई चाहिएको रकमको तुलनामा उक्त आर्मब्याण्डले निकै कम पैसा पाएको हो ।

स्पाइनल मस्कुलर अट्रोफि नाम गरेको उक्त रोगको उपचारमा २३ लाख डलरको आवश्यकता पर्दछ ।

Click to comment

Trending