राष्ट्रिय

बलियो नेपाल कप आजबाट सुरु

Published

on

आजबाट अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता बलियो नेपाल कप सुरु हुँदैछ ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा प्युठान र दाङ बीच प्रतिस्पर्धा हुनेछ भने आजको दोश्रो खेलमा नवलपरासी र पाल्पा खेल्ने छन् ।

अप्रिल १० सम्म चल्ने प्रतियोगिता भैरहवामा संचालन हुनेछ । यस बर्ष लुम्बिनीमा मात्रै गरिने र आगामी बर्षदेखि अन्य प्रदेशहरुमा पनि गर्दै यसको संख्या बढाउदै लाने योजना रहेको यस अघि आयोजित पत्रकार सम्मेलनका क्रममा आयोजकले जानकारी दिएका थिए ।

यस अघि १८ जिल्लामा आयोजना गरिएको ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गरिसकेपछि १२ जिल्लाको टिमबीच मुख्य प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

सहभागी टोलीहरुलाई चार समुहमा बिभाजित गरिएको छ भने सबै समुहका शिर्ष चार टोलीबीच सेमिफाइनल खेलाइनेछ ।

प्रतियोगिता आयोजनामा सहयोग गरेको बलियो नेपालको लागि अमेरिकाको विल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनले चौधरी फाउण्डेसनलाई अनुदान सहायता प्रदान गरेको हो ।

Click to comment

Trending