Headline

फिडे रेटिङ्ग बुद्धिचालमा पहिलो दिन कृष्ण, सुजेन्द्र बिजयी

Published

on

गणेशमान सिंहस्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको पहिलो चरणमा सुन्दर साकोस हेटौडाका कृष्ण थापा, कामना साकोसका सुजेन्द्रप्रसाद श्रेष्ठ, सुर्योदय साकोसका सुमन राई, करुणामय साकोसका प्रेमकृष्ण महर्जन, स्वर्णिम साकोसका युवराज पौडेल र बालकुमारी साकोस मध्यपुरका सुन्दर श्रेष्ठ बिजयी भएका छन् ।

त्यसैगरी गोल्डेन गेट कलेजका निकेन कुसाथा, सद्भाव कृषि सहकारी लुभुका अशोकमोहन श्रेष्ठ, स्वागतम साकोसका सुश्रुत दाहाल, नेशनल डेभलपमेन्ट साकोसका बद्रिलाल नेपाली, दीर्घराज जोशी, लवकुमार श्रेष्ठ, जनसेवा साकोसका अबिरल राई, गजुरमुखी चेस क्लबका प्रकाश नेपाल, दोलखाका उत्तम ढुंगेलले पनि पहिलो दिन जित हात पारेका छन् ।

कार्यक्रमको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र फिडे इथिक्स कमिसन सदस्य तथा नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष राजेशहरि जोशीले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरेका थिए ।

मेयर महर्जनले आगामी बर्ष हुने प्रतियोगिताको लागि २ लाख १९ हजार नगद पुरस्कार प्रायोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

६४औं सहकारी दिवसको उपलक्ष्यमा आयोजित प्रतियोगितामा ९० जना खेलाडीहरुको सहभागिता रहेको छ । उपाधि बिजेताले यामाहा मोटरसाइकल र उपविजेताले ६० हजार नगद पुरस्कार हात पार्नेछन् ।

Click to comment

Trending