Headline

दक्षिण अफ्रिका माथि पाकिस्तानको रोमान्चक जित

Published

on

पाकिस्तानले घरेलु टोली दक्षिण अफ्रिका विरुद्धको पहिलो एकदिवसीय खेलमा तीन विकेटको रोमान्चक जित हात पारेको छ । यस जित सँगै पाकिस्तान दक्षिण अफ्रिकाले तीन खेलको एकदिवसीय शृंखलामा १-० को अग्रता लिन सफल भएको छ ।

जितका लागि २७४ रनको चुनौतिपूर्ण लक्ष्य पक्ष्याएको पाकिस्तानले अन्तिम बलमा सात विकेट गुमाएर जित हात पारेको हो ।

ओपनर फकार ज़मान आठ रनमा आउट हुँदा खराब सुरुवात गरेको पाकिस्तानको लागि अर्का ओपनर इमाम-उल-हक र कप्तान बाबर अजामले दोश्रो विकेटको लागि १८१ बलमा १७१ रन जोड्दै पारी सम्हाले । एकदिवसीय खेलमा आफ्नो १३औँ शतक प्रहार गरेका बाबरले १०४ बलको सामना गर्दै १७ चौकाको मद्धतमा १०३ रन बनाए भने इमामले ८० बल खेल्दै ७० रनको योगदान दिए ।

तर एक समय १९ रनको अन्तरालमा चार विकेट गुमाएर हार तर्फ लम्केको पाकिस्तानको लागि विकेट किपर मोहम्मद रिजवानले ४० तथा शदाब खानले ३३ रन जोड्दै जित नजिक पुर्याय ।

दक्षिण अफ्रिकाका एनरिच नोर्किएले सर्वाधिक चार विकेट हात पारे पनि आफ्नो टोलीलाई जित दिलाउन पर्याप्त रहेन ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पुरै ५० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा २७३ रनको चुनौतिपूर्ण योगफल मात्र बनाउन सक्यो ।

राम्रो सुरुवात गर्न नसके पनि रस्सी भान डर डस्सेनले शतकीय र डेभिड मिल्लरले अर्धशतकीय पारी खेल्दै दक्षिण अफ्रिकालाई चुनौतीपूर्ण योगफल सम्म डोर्याउन सफल भएका थिए । अविजित रहेका डस्सेनले १३४ बलको सामना गर्दै १० चौका र दुई छक्काको मद्धतमा सर्वाधिक १२३ रन बनाए भने मिल्लरले पनि ५६ बलमा ५० रनको योगदान दिए । उनीहरुले पाँचौ विकेटका लागि ११६ रन जोडेका थिए ।

पाकिस्तानका शाहीन शाह अफ्रिदी र ह्यारिस रौफले समान २-२ ब इकेट आफ्नो नाममा दर्ता गराए ।

Click to comment

Trending