Headline

बुटवल लुम्बिनीमा तीन विदेशी खेलाडी, दुई आई-लिगका

Published

on

नेपाल सुपर लिग क्लब बुटवल लुम्बिनी फुटबल क्लबले आफ्नो २० सदसिय टोली पुरा भएको बताएको छ । बुटवल लुम्बिनीले १८ खेलाडी अक्सनबाट तीन विदेशी र दुई स्थानइय खेलाडी सहित २२ खेलाडी हुने जनकारी दिएको छ ।

बुटवलले अफ्रिकी मुलुक नाइजेरिया, घाना र चाडका तीन खेलाडी भित्र्याएको जनाएको छ । नाइजेरियाका अमुलाजा कारीम, घानाका ओपाकुकु विलियान र चाडका अर्माड बेअडुम बुटवल लुम्बिनीका विदेशी खेलाडी हुन् ।

त्यस मद्धे अमुलाजाले मोहम्मदान स्पोर्टिङबाट आई-लिग खेलेका छन् भने ओपाकुकुले पनि राउन्डग्लास पन्जाबबाट आई-लिग खेलिसकेका छन् ।

बुटवल लुम्बिनीका लागि विदेशी खेलाडीले राम्रो प्रदर्शन गर्न सक्ने टोलीका महा प्रबन्धक राजुकाजी शाक्यले बताए । “विदेशी खेलाडीहरु आई-लिग खेलेका खेलाडीहरु हुन र अझै आर्माड हामीसँग च्यासलमा खेलिसकेको छ । लिग नखेले पनि मोफसलका प्रतियोगिता खेलेका कारण टोली राम्रो हुने आशा गरेको छु,” शाक्यले भने । उनीहरुको नेपाल आउने प्रकृया सुरु भएको पनि शाक्यले बताए ।

यस्तै बुटवल लुम्बिनीको किट प्रायोजकमा केटीयम सिटी रहेको छ ।

नेपाल सुपर लिग अप्रिल २४ देखी दशरथ रङ्गशालामा सुरु हुँदै छ । बुटवल लुम्बिनी पछी अन्य थुप्रै क्लबले विदेशी खेलाडी भित्र्याउने क्लब पनि जारी छ ।

 

Click to comment

Trending