Headline

कसैले बिश्वास नै गर्न नसकेको डुसबर्गको मेसेडोनियन चमत्कार

Published

on

बिश्व फुटबलको सशक्त टोली जर्मनीलाई बिश्वकप छनोटमा पराजित गरेपछि नर्थ मेसेडोनिया अहिले पनि उत्सव मनाइरहेको छ । नर्थ मेसेडोनियनहरुले यो उपलब्धिलाई ‘मिराकल अफ डुसबर्ग’ (डुसबर्गको चमत्कार) भनेका छन् ।

भेटेरान स्ट्राइकर गोरान पान्डेभ र नापोलीका एल्यिफ एल्मासले गोल गर्दा नर्थ मेसेडोनियाले जर्मनीलाई बिश्वकप छनोटको इतिहासमै तेश्रो मात्र पराजयको स्वाद चखाएको हो । जर्मनीले १९ बर्षमा पहिलो पटक छनोटमा हार व्यहोरेको हो ।

स्थानीय मिडियाले यो उपलब्धिलाई गर्वका साथ ब्याख्या गर्नु अचम्मको कुरा थिएन । ‘मेसेडोनियन मिराकल इन डुसबर्ग’ (डुसबर्गमा) मेसेडोनियन चमत्कार, स्लोबोडेन पेकाट दैनिको प्रथम पृष्ठको हेडलाईन यही थियो ।

नोभा मेकेडोनियाले ऐतिहासिक जितमा “एल्मास र पान्डेभले चार पटकको बिश्वबिजेतालाई घुँडा टेकाएको” माने । तीन पटक युरो कप पनि जितेको जर्मनी अहिले बिश्वकपमा छनोट हुन असफल भएको छैन । १९३० मा उसले सहभागिता जनाएको थिएन भने १९५० मा प्रतिबन्ध लगाइएको थियो ।

हर्ष र बिस्मातः खेलमा टिमो वेर्नरले बराबरी गोल गर्ने सुनौलो मौका खेर फालेका थिए ।

“हामीले यदि धेरै उपाधि जितेको कुनै पनि टोलीलाई हराएको थिएनौं । यी केटाहरुले मेसेडोनियालाई गौरवान्वित बनाएका छन्,” नर्थ मेसेडोनियाका प्रशिक्षक इगोर एन्जेलोभ्स्कीले भने । राजधानी स्कपियामा धेरै मानिसहरु अझै पनि जर्मनीलाई हराएको पत्याउन सकिरहेका छैनन् ।

“पान्डेभले नर्थ मेसेडोनियालाई बिश्व फुटबलको नक्सामा स्थापित गरेका छन् । मलाई त्यहा केही हुन्छ कि जस्तो लागिरहेको थियो,” खेलको टिकट किनेर पनि कोरोनाको कारण जान नपाएका समर्थक इगोर ओर्डेभले भने ।

गत नोभेम्बरमा युएफा नेसन्स लिगको परिणामको आधारमा युरो कपका लागि छनोट हुँदा नै नर्थ मेसेडोनियाले आफ्नो फुटबल इतिहासमा नयाँ उचाई लिएको थियो । कोरोनाकै कारण २०२० मा हुन नसकेको युरो कप यो बर्ष जुन ११ देखि शुरु हुदैछ ।

ग्रिसले मेसेडोनिया नाम प्रयोग गर्ने अधिकार आफुसँग मात्र रहेको दावी गरेपछि मेसेडोनियाले २०१८ मा मात्रै आफ्नो नाममा नर्थ जोडेको हो ।

गोरान पान्डेभले नर्थ मेसेडोनियाका लागि ३७ औं अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् ।

नर्थ मेसेडोनियाको टोली र समर्थक अब भने कतारमा हुने बिश्वकप फुटबलमा छनोट हुने सपना देखिरहेका छन् । छनोटको समुह जे मा नर्थ मेसेडोनिया जर्मनीसँग गोल अन्तरको आधारमा दोश्रो स्थानमा रहेको छ । आर्मेनियाले भने तीन अंकको स्पष्ट अग्रता लिएको छ ।

तेश्रोमा रहेको जर्मनीका लागि अब सबै खेल गर या मरको स्थितिमा रहने छ । हरेक समुहका शिर्ष टोली सिधै बिश्वकपका लागि छनोट हुनेछन् भने त्यसपछि प्लेअफ मार्फत अन्य टोलीको छनोट हुनेछ ।

“म उनीहरुले यो प्रदर्शनलाई निरन्तरता दिएको हेर्न चाहन्छु । बिश्वकपमा छनोट हुदै खुशी हुने अर्को कारण पाउन चाहन्छु,” अर्का एक समर्थक पिटर म्लादेनोभ्स्कीले भने ।

नर्थ मेसेडोनियाको लागि अबको प्रमुख चुनौति भने युरो कप हुनेछ । समुह सि मा रहेको नर्थ मेसेडोनियाले नेदरल्याण्ड्स, युक्रेन र अष्ट्रियबिरुद्ध खेल्नेछ ।

Click to comment

Trending