Headline

अष्ट्रेलियन ओलम्पियन नै १ सय ५२ मिलियन डलरको लागुपदार्थ तस्करीमा संलग्न

Published

on

अष्ट्रेलियन ओलम्पियन र उनका भाई आफ्नो देशभित्र १ सय ५२ मिलियन डलरको लागु पदार्थ कोकेन तस्करी गरेको आरोपमा दोषी पाइएका छन् ।

२००४ एथेन्स ओलम्पिक्समा कायाकमा दोहोरो रजत जित्नुका साथै तीन पटकको बिश्वबिजेता रहेका नेथन ब्याग्गली र उनका भाई ड्रुलाई लागु पदार्थ तस्करीको ओरोपमा अर्को महिना सजाय सुनाइने भएको छ । दुवैले आफूहरु निर्दोष रहेको बताउदै आएका छन् ।

अष्ट्रेलियन नौसेना र बायु सेनाको संलग्नातामा पुलिसले नाटकीय ढँगमा ड्रु र अर्का एक व्यक्तिलाई २०१८ मा समातेको थियो । नेथनले घटनामा प्रयोग भएको डुँगा किनेका थिए ।

जुन २०१८ मा ड्र् र अर्का व्यक्ति एन्थोनी ड्रेपर ११ घण्छाको यात्रा गर्दै लागु पदार्थ बोकेर ल्याएको बिदेशी जहाजसम्म पुगेका थिए । तर उनीहरुलाई पट्रोलिङ्ग जहाज र नौसेनाको जहाजले देखेपछि पछ्याएको थियो ।
फुटेजमा ड्रु डुँगामा कोकेनको प्याकेटहरु झार्दै गरेको र ड्रेपर जहाजबाट निक्लन खोजेको देखिएको थियो । त्यसपछि उनीहरुलाई क्विन्सल्याण्ड प्लिसले समातेको थियो ।

ड्रुले आफुले सुर्ति संकलन गरेको भन्ठानेको भन्दै सफाइ दिएका छन् । उनले ड्रेपरले आफूलाई अपहरण गर्दै लगेको र काम नगर्ने हो भने उनको परिवारलाई मार्ने धम्की दिएको अदालतलाई बताएका थिए ।

ड्रेपरले भने आफूलाई डुँगा चलाउनको लागि ड्रुले नै काम दिएको र गाँजा संकलन गर्नका लागि काम गराएको सोचेको भनेका थिए । ड्रेपरले यसै बर्षको शुरुवातमा आफूले कोकेन तस्कर गरेको स्विकार गरेपछि ब्याग्गली भाइहरुबिरुद्ध सरकारी बयानकर्ता हुन राजी भएपछि उनको सजाय कम गरिएको थियो ।

वकिलहरुका अनुसार नेथन यसको प्रमुख योजनाकार रहेको र उनले नै डुँगा किन्दै त्यसमा स्याटेलाइट फोन र नेभिगेसन सिस्टम जडान गरेका थिए ।

तर नेथनले उक्त डुँगा पर्यटकलाई ह्वेल देखाउने ब्यापारका लागि प्रयोग हुने भन्दै ड्रुले किन्नलाई पैसा दिएको अदालतलाई बताएका थिए । ब्याग्गली दाजुभाई लागुपदार्थ तस्करीको मुद्दामा पहिलो पटक फसेका भने होइनन् । यसअघि उनीहरु गैरकानुनी रुपमा ड्रग उत्पादन गर्ने कम्पनीमा संलग्न रहेकोमा दोषी पाइएका थिए भने २००९ मा पनि उनीहरुलाई लागु पदार्थ सम्बन्धी नै अन्य आरोपहरु लगाइएको थियो ।

 

Click to comment

Trending