Headline

बिराटनगर सिटीको प्रशिक्षकमा यान ल

Published

on

भारतीय अनुभवी प्रशिक्षक यान चेङ ल नेपाल सुपर लिगको क्लब बिराटनगर सिटी फुटबल क्लब आउने भएका छन् ।

भारतीय शिर्ष डिभिजनको आई-लिगमा निकै अनुभव बटुलिसकेका यान यस सिजन अजवाल एफसीमा रहेका थिए । उनले गएको सिजन नेपाली खेलाडी सम्मिलित मोहम्मदन स्पोर्टिङलाई आई-लिग क्वालिफायर्स जिताएका थिए । २८ वर्षिय यान ले भारतीय शिर्ष डिभिजनमा मिनेभ्रा पन्जाब एफसी (हाल राउन्डग्लास पन्जाब) मा पनि काम गरिसकेका छन् ।

यान ल भारतीय फुटबलमा निकै राम्रो प्रशिक्षकमा पर्ने गर्छन् । २८ वर्षको उमेरमै ४ क्लब सम्हालिसकेका उनले सबै क्लबहरुमा सन्तोषजनक प्रदर्शन दिने गरेका छन् ।

“यान हाम्रो बिराटनगर परिवारसँग जोडीएका छन् र उनी फुटबलका निकै जोशिला प्रशिक्षक समेत हुन् । जब हामीलाई यान ल भित्र्याउने असवर आयो हामीले अरु ठाउँ हेर्नै परेन,” बिराटनगर सिटी एफसीका मालिक शुभआषिश कोइरालाले विस्पोर्टजलाई भने ।

उनले २०१९ मा पन्जाबको एकेडेमी टोलीलाई पन्जाब लिग च्याम्पियन समेत बनाएका थिए । बिराटनगर सिटी एफसी धनगढी एफसी पछि विदेशी प्रशिक्षक भित्र्याउने दोस्रो क्लब हो । धनगढीले यस अघि नै नेपालको सफल क्लब मनाङ मर्स्याङ्दीमा काम गरिसकेका फुजा तोपेलाई अनुबन्धन गरेको थियो ।

नेपाल सुपर लिग २४ अप्रिल देखी काठमाडौंको दशरथ रङ्गशालामा सुरु हुँदै छ ।

v

 

 

Click to comment

Trending