Headline

विश्वकप छनोट: नर्थ मेसेडोनियाले जर्मनीलाई हरायो, ईङ्ल्याण्ड बिजयी

Published

on

चार पटकको विश्वकप बिजेता जर्मनीले विश्वकप छनोट २०२२ अन्तर्गतको खेलमा नर्थ मेसेडोनियासँग १-२ ले हारेको छ ।

जर्मनीलाई हराएको नर्थ मेसेडोनियाको लागि गोरन पान्डेभ र इल्जिफ इल्मासले गोल गरे । जर्मनीका लागि ईकाए गुन्डोवानले एक गोल गरे । जर्मनीको यो विश्वकप छनोटमा २० वर्षपछि पहिलो परजय हो । विश्वकप छनोटको ३५ खेलमा जर्मनी अपराजित रहेको जर्मनी अन्तिम पटक २००१ मा ईङल्याण्डसँग ५-१ ले पराजित भेको थियो ।

नर्थ मेसेडोनियाका लागि पहिलो हाफको इन्जुरी समयमा भेट्रान स्ट्राइकर गोरन पान्डेभले इनिस बार्धीको पासमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० ले पछि परेको जर्मनीले ६३ औँ मिनेटमा भने गोल फर्कायो । एलिओस्कीले लिरोए सानेलाई लडाएपछि पाएको पेनाल्टीमा जर्मनीका लागि गुन्डोवानले गोल गरेका थिए ।

निकै डिफेन्सिभ खेलेको नर्थ मेसेडोनियाका लागि ८५ औँ मिनेटमा इल्जिफ इल्मासले गोल गर्दै जर्मनीलाई २–१ को नमिठो हार चखाए ।

यस्तै अर्को खेलमा रोबर्ट लेवानडस्की बिनानै मैदान उत्रेको पोल्याण्डलाई ईङल्याण्डले २–१ ले पराजित गरेको छ ।

वेम्बलीमा भएको खेलमा ईङल्याण्डका लागि ह्यारी केन र ह्यारी मग्वायरले गोल गरे । पोल्याण्डका लागि भने याकुभ मोडेभले एक गोल गरे ।

१९ औँ मिनेटमा रहिम स्टेर्लिङलाई पेनाल्टी बक्स भित्र लडाए पछि पाएको पेनाल्टीमा ह्यारी केन चुकेनन् । पहिलो हाफमा १-० को अग्रता लिएको ईङल्याण्डले दोस्रो हाफमा बराबरी गोल खान पुग्यो । ५८ औँ मिनेटमा जाकुव मोडेरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए

तर, ८५ औँ मिनेटमा ह्यारी मग्वायरले जोन्स स्टोन्सको पासमा गोल गर्दै इंग्ल्यान्डलाई २–१ को जित दिलाए ।

यस्तै अन्य खेलहरुमा स्पेनले कोसोभोलाई ३-१ ले हरायो । अर्को खेलहरुमा इटालीले लिथुवनियालाई २-०, डेनमार्कले अष्ट्रियालाई ४-०, स्कटल्याण्डले फाओरे आइल्याण्डलाई ४-० र फ्रान्सले बोस्निया एन्ड हर्गोजनाभियालाई १-० ले हरायो ।

Click to comment

Trending