Headline

स्पेन र कोसोभोबीच बिश्वकप युरोपियन छनोट अघि कुटनीतिक तनाव

Published

on

स्पेनको बुधबार कोसोभोबिरुद्ध हुने २०२२ बिश्वकप युरोपियन छनोटको खेल फुटबल बाहेक कुटनीतिक बिवादको पनि केन्द्र बनेको छ ।

स्पेन फुटबल फेडेरेशन (आरएफइएफ) ले आफ्नो वेबसाइटमा टिमको छनोटको तालिका प्रकाशित गर्दा कोसोभोलाई उपनिवेशको रुपमा उल्लेख गरिदिएपछि दुई देशबीच कुटनीतिक बिवाद चर्किएको हो । यो समुहमा स्विडेन, ग्रिस र जर्जिया पनि रहेका छन् ।

२००८ मा स्वतन्त्र घोषणा गरेको १८ लाख जनसंख्या रहेको पुर्व सर्बियन प्रान्त कोसोभामा स्पेनको कदमलाई आलोचनात्मक नजरले हेरिएको छ । यसको प्रतिकृया स्वरुप फुटबल फेडेरेश अफ कोसोभो (एफएफके) ले एक बिज्ञप्तिमा कोसोभो एक स्वतन्त राष्ट्र रहेको र आफ्नो देशको झण्डा र राष्ट्रिय गानको प्रयोग हुन नदिने हो भने खेलमा सहभागि नहुने धम्कि पनि दिएको थियो ।

यो निर्णयले राजनीतिक बिवाद उत्पन्न हुन सक्ने भएका कारण हामी नजाने तैयारी गरिरहेका थियौं, एफएफकेका महासचिव एरोल सालिहुले बताए ।

बिश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय युएफाले कोसोभालाई २०१६ मा पूर्ण सदस्यता दिएको थियो भने उसले पहिलो पटक स्वतन्त्र राष्ट्रको रुपमा २०१८ को बिश्वकप युरोपियन छनोटमा सहभागिता जनाएको थियो ।

कोसोभोको स्वतन्त्रतालाई पश्चिमा शक्तिहरुले पहिचान दिएपनि सर्बिया र उसँग निकट रहेका चिन र रुसले भने मान्यता दिएको छैन । छनोटमा एकै समुहमा रहेका स्पेन र ग्रिसले पनि चिन र रुसकै अनुशरण गर्दै आइरहेका छन् ।

युरोपियन युनियनको संसदले गत साता स्पेन र ग्रिससँगै स्लोभाकिया, रोमानिया र साइप्रसलाई पनि कोसोभो स्वतन्त्र राष्ट्रको रुपमा रहेको आधिकारिक रुपमा स्विकार गर्न आग्रह गरेको थियो ।

स्पेनले सेभिलमा खेल आयोजना गरेपनि कोसोभोलाई लिएर आफ्नो अडान भने कायमै रहने बताएको थियो । कोसोभोको स्वतन्त्रतालाई मान्यता दिदा लामो समयदेखि क्याटलोनियालाई स्पेनबाट स्वतन्त्र घोषणा गरिनु पर्ने आवाज उठ्दै आएको आवाज फेरि पनि बुलन्द हुन सक्ने डर स्पेनलाई छ ।

स्पेनको कोसोभोको स्वतन्त्रा प्रतिको धारणाले यसअघि पनि खेलकुदमा राजनीतिक तनाव उत्पन्न भइसकेको छ । २०१९ को अण्डर–१७ युरो कपको छनोट चरणमा स्पेनले कोसोभो, युक्रेन र ग्रिस रहेको समुह चरणको खेल आफ्नो देशमा गर्न मानेको थिएन । ती खेलहरु पछि युएफाको मुख्यालय रहेको स्विस शहर नियोनमा आयोजना गरिएको थियो ।

त्यसअघि २०१८ नोभम्बरमा म्याड्रिडमा भएको बिश्व कराते च्याम्पियनसिपमा कोसोभोका खेलाडीहरुले अन्तर्राष्ट्रिय कराते महासंघको झण्डामुनि सहभागिता जनाउदै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई चिढाएको थियो ।

Click to comment

Trending