Headline

काम नगरि बस्ने खेलकुद संघलाई कारवाही गर्ने राखेप सदस्य सचिवको चेतावनी

Published

on

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले काम नगरि बस्ने संघहरुलाई खारेज गर्ने बताएका छन् ।

नेपाल खेलकुल पत्रकार मञ्च (एनएसजेफ) ले एनएसजेएफ एकेडेमी स्थापना गर्नका लागि आयोजना गरेको कार्यक्रममा सिलवालले आक्रमक रुपमा प्रस्तुत हुदै संघहरुलाई काम गरेर देखाउन चुनौति दिएका हुन् ।

“यस्ता संघहरु जसले कुनै काम गर्दैन, प्रशिक्षक उत्पादन गर्दैन, खेलाडी उत्पादन गर्दैन र प्रतियोगिता पनि आयोजना गर्दैन भने उनीहरु जिवित रहनु भन्दा पनि मृत भए खेलकुदको लागि उचित हुन्छ,” सिलवालले २ सय भन्दा बढी खेल संघ रहेपनि थोरै मात्र कृयाशील रहेको बिषयमा बोल्दै थिए ।

“यदि कुनै संघले संस्थाहरुमा उपस्थिति जनाउन भोटका लागि मात्र आफ्नो अस्तित्व राखेको छ, बिदेश जाने मनसायले फर्जी काम गरिरहेको छ भने त्यस्ता संघहरुबिरुद्ध राखेप कडाईका साथ लाग्नेछ । यस्तो संघहरु सिधै खारेज हुनेछन्, तपाईहरुले लेखिदिए पनि हुन्छ,” सिलवालले पत्रकारहरुलाई आग्रह गर्दै भने ।

“म संघहरुलाई आफ्नो अडिट रिपोर्ट, खर्च र आम्दानीको बिवरणहरु सार्वजनिक गर्दै राखेपसमक्ष उपस्थित हुन पनि आग्रह गर्छु । कुनै संघले प्लान अफ एक्सन लिएर आउछ र त्यसलाई कार्यान्वयन गर्न योजना लिएर आउछ भने राखेप मार्फत म ती संघहरुलाई सहयोग गर्न पनि तैयार छु,” सिलवालले थपे ।

नेपाली खेल पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार नै खेलकुद पत्रकारितालाई व्यस्थित र व्यवसायिक बनाउने महत्वाकांक्षा सहित एनएसजेएफ एकेडेमीको स्थापना गरेको हो ।

एकेडेमीको लक्ष्य तथा योजना पुरा गर्नका लागि मञ्चले नेपाल सरकार, खेलकुद संस्था, नीजि संस्थाहरुलाई सहयोग गर्न पनि आग्रह गरेको छ ।

Click to comment

Trending