Headline

सैनिक कु बिरोधी संकेत गर्दा मलेसियामा म्यानमारी खेलाडीमाथि कारवाही

Published

on

मलेसियाको लिग खेलिरहेका म्यानमारका एक खेलाडीलाई उनको देशमा भएको सैनिक कु बिरुद्ध संकेत गर्दै खुशीयाली मनाएको भन्दै एक म्याचको लागि ब्यान गरिएको छ ।

दोश्रो डिभिजनको टोली सेलाँगोर एफसी का लागि खेल्दै गरेका हाइन टेट अँग नाम गरेका म्यानमारी खेलाडीले पिडिआरएम एफसीबिरुद्ध गोल गरेपछि तीन औला देखाएर सलाम गर्दै खुशीयाली मनाएका थिए । म्यानमारमा आन्दोलनकारीहरुले सैनिक कु बिरुद्ध प्रदर्शनमा प्रदर्शनकारीहरुले यही संकेत बिरोधको स्वरुपमा देखाउदै आइरहेका छन् ।

उनले गरेको संकेतको यो तस्विर भाइरल हुन पुगेपछि मलेसियन फुटबल संघले खेल भावना बिपरित कार्य गर्दै प्रतिबन्ध गरिएको राजनीतिक संकेत अथवा भाषा प्रयोग गरेको आरोपमा एक खेलका निलम्बन गरेको छ । उनले यदि यो संकेत फेरि गरेमा भारी मुल्य चुकाउनु पर्ने चेतावनी पनि दिइएको छ ।

“फुटबल जात, धर्म र राजनीति भन्दा माथि हुनु पर्छ । यो खेल मानिसबीचको एकतालाई तोढ्न नभएर जोड्नका लागि प्रयोग गरिनु पर्छ,” संघका अनुशासन समितिका संयोजक बल्जित सिँग सिद्धुले बताए ।

हलिउडको चर्चित फिल्म सिरिज द हँगर गेम्सबाट प्रेरित तीन औलाको सलाम पछिल्लो केही बर्षयता एसियामा बिरोधको प्रतिक बनेको छ । गत बर्ष थाइल्याण्डका प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरुले पहिलो पटक प्रयोग गरेपछि यो लोकप्रिय बनेको थियो ।

म्यानमारको चुनावमा बिजयी एनएलडी पार्टीकी नेतृ तथा नोबेल शान्ति पुरस्कार बिजेता आँग सान सुचीलाई गिरफ्तार गर्दै सैनिक सरकारले सत्ता हातमा लिएपछि प्रदर्शनकारीहरुले बिरोधमा यही संकेत प्रयोग गर्दै आइरहेका छन् ।

फेब्रुवरीदेखि शुरु भएको प्रदर्शन साम्य पार्न आर्मीले शक्ति प्रयोग गर्दा ५ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

Click to comment

Trending