Headline

लेवनडस्की एक महिना मैदान बहिर, पिएसजी विरुद्धको खेल गुमाउने

Published

on

स्टार फर्वार्ड रोबर्ट लेवनडस्कीले च्यामपियन्स लिग अन्तर्गत पेरिस सेन्ट जर्माइन विरुद्धको दुवै लेग गुमाउने भएका छन् । घुँडामा गम्भिर चोट लागे पछी लेवनडस्कीले च्याम्पियन्स लिगको क्वार्टर-फाइनल मात्र नभै बुन्डेसलिगाका थुप्रै खेलहरु पनि गुमाउने छन् ।

“रोबर्टले घुँडामा लागेका चोटका कारण चार हप्ता मैदान बहिर बिताउने छन्,” बायर्न म्युनिखले एक बिज्ञप्ती निकल्दै भन्यो । लेवनडस्की आइतबार विश्वकप छनोट अन्तर्गत एन्डोरा विरुद्ध खेल्दा घाइते हुन पुगेका थिए । पोल्याण्डले एन्डोरालाई ३-० ले हराएको खेलमा लेवनडस्कीले दुई गोल समेत गरेका थिए ।

३२ वर्षिय उनले आउने शनिबार बायर्नले दोस्रो स्थानको आरबी लाइपजिग विरुद्धको खेल पनि गुमाउने छन् । उनले एक महिना कुनै खेल खेल्ने छैनन् । विश्वकप छनोट अन्तर्गत वेम्बलीमा हुने ईङ्ल्याण्ड विरुद्धको खेल सहित लेवनडस्कीले कुल सात खेल गुमाउने छन् ।

उनले यो सिजन २५ लिग खेलमा ३५ गोल गरिसकेका छन् ।  गर्ड मुलरको एक सिजन ४० गोल गरेको किर्तीमान टोड्ने सघांरमा रहेको उनलाई अहिले भने घुँडाको चोटले रोकेको छ ।

 

Click to comment

Trending