Headline

रोनाल्डोले रिसले फालेको आर्मब्याण्ड अक्सनमा

Published

on

पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डोले २०२० बिश्वकप युरोपियन छनोटका दौरान रिसले फालेका कप्तानको आर्मब्याण्ड एक बिरामी बच्चाको उपचारको लागि पैसा उठाउन अक्सनमा राखिएको छ ।

सर्बियाबिरुद्ध २–२ को बराबरीमा टुङ्गिएको खेलको अन्तिम समय बिवादास्पद रुपमा रोनाल्डोलाई गोल नदिइएपछि उनले अन्तिम सिठी बच्नु अगाडी नै आर्मब्याण्ड फाल्दै रिसाएर मैदान छोडेका थिए । बेलग्रेडमा भएको खेलमा रोनाल्डोको प्रहार गोललाईन क्रस गरेको देखिएपनि स्टेफन मित्रोभिचले क्लियरेन्सलाई जायज मान्दै गोल दिइएको थिएन ।

खेलमा भिडियो असिस्टेन्ट रेफ्रिको प्रयोग नभएका कारण पोर्चुगलले गोल पाएन । रोनाल्डोलाई उनले देखाएको हर्कतका कारण पहेलो कार्ड पनि दिइएको थियो ।

उनले फालेको आर्मब्याण्ड मैदानमा रहेका स्टेवार्डले उठाउदै क्षेत्रीय टेलिभजन च्यानललाई फोन गर्दै अक्सनमा राख्नको लागि आग्रह गरेका थिए । आफ्नो पहिचान खुलाउन नचाहेका उनले उक्त अक्सनबाट उठेको रकम दुर्लभ रोग लागेका एक ६ महिने बालक ग्राभिलो जुर्डेभिचको उपचारमा खर्च गर्ने बताए ।

“रोनाल्डोले म भन्दा तीन मिटर पर मात्रै आर्मब्याण्ड फालेका थिए । त्यो देख्ने बित्तिकै मलाई ती बिरामी बच्चाको लागि पैसा उठाउएर सदुपयोग गर्ने उपाय फुरेको थियो,” उनले भने ।

स्पोर्ट्सक्लब नाम गरेको च्यानलले म्याचको रिप्ले हेर्दै रोनाल्डोकै आर्मब्याण्ड रहेको पुष्टि गरेपछि एक च्यारिटी संस्थासँगै उक्त आर्मब्याण्डलाई अक्सनमा राखेको छ ।

उक्त बच्चालाई जन्मने बित्तिकै १० हजार मध्ये एक मा देखिने स्पाइनल मस्कुलर अट्रोफि रोग लागेको छ । यस्तो रोगमा मृत्यु हुनुका साथै ९० प्रतिशत दुई बर्षको उमेरसम्ममा स्थायीरुपमै भेन्टिलेटरको आवश्कता पर्ने गर्छ । यसको उपचारको लागि बिश्वकै सबैभन्दा महँगो औषधी जोल्गेन्स्माको आवश्यकता पर्छ । यसको मुल्य २० लाख युरो पर्छ ।

Click to comment

Trending