Headline

पोर्चुगलले लक्जम्बर्गलाई हराउँदा रोनाल्डोको गोल, बेल्जियम पनि गर्यो कतारको विरोध

Published

on

क्रिष्चीयानो रोनाल्डोको गोलको मद्धतमा पोर्चुगलले लक्जम्बर्गलाई सघंर्षपूर्ण जित निकालेको छ । लक्जम्बर्गलाई ३-१ ले पराजित गर्दा रोनाल्डोले विश्वकप छनोट चरणमा आफ्नो पहिलो गोल गरेका हुन् । बेल्जियमले भने बेलारुस विरुद्ध आठ गोल गर्नु अघी कतारले विरोध गरेको छ ।

हाफ टाइम पछि ५० औँ मिनेटमा रोनाल्डोले पोर्चुगलका लागि गोल गरेका थिए । आईतबार मात्रै सर्बिया विरुद्ध अन्तिम समयमा गरेको प्राहर गोल नभए पछि रिसाएका रोनाल्डो निकै दिन समाचार बन्न पुगेका थिए । लक्जम्बर्ग विरुद्धको गोलसँगै रोनाल्डोले अन्तराष्ट्रिय गोल संख्या १०३ पुगेको छ ।

रोनाल्डोले ईरानका अली डिएलीको १०९ अन्तराष्ट्रिय गोलको किर्तीमान टोड्न अब ६ गोल गर्नु पर्ने हुन्छ । यस्तै पोर्चुगलका लागि अन्य गोल डिएगो जोटा र जाओ फल्हिनाले गोल गरे

बेल्जियमले गर्‍यो कतारको विरोध

बेल्जियमले कतारमा रहेका प्रवासी मजदुरहरूको समर्थन गर्दै बेलारुसलाई ८-० ले हराउनु अघि विरोध जनाएको छ । बेलारुस विरुद्ध दोस्रो सेटको टोली उतारे पनि रोबेर्टो मर्टिनेजको टोली समुह ई को शिर्ष स्थानमा उक्लिएको छ ।

बेल्जियमका लागि हान्स भानाकेन र लिएन्ड्रो टोसार्डले दुई गोल गर्दा मिची बात्सुयाइ, जेरेमी डोकु, डेनिस पारेट र क्रिष्चियन बेन्टेकेले एक-एक गोल गरे ।

बेल्जियमले जर्मनी, नेदर्ल्याण्ड्स र नर्वेको सिको गर्दै कतारमा विश्वकप आयोजना गर्न बनिरहेका रङ्गशालाहरुमा ज्यान गुमाइरहेका प्रवासी मजदुरहरूको समर्थनमा विरोध गरेको हो ।

 

Click to comment

Trending