Headline

स्मिथ अष्ट्रेलियाको कप्तानी गर्न आतुर

Published

on

अष्ट्रेलियाका पुर्व कप्तान स्टिभ स्मिथले अवसर पाएको खण्ड फेरी पनि अष्ट्रेलियाको कप्तानी गर्न तयार र आतुर रहेको जनाएका छन् ।

सन् २०१८ को मार्चमा दक्षिण अफ्रिका विरुद्ध कप टाउनमा भएको टेस्टका क्रममा बल टेम्परिङ गरे पछि अष्ट्रेलिया क्रिकेट बोर्डले उनलाई एक बर्ष सबै खालको क्रिकेटबाट तथा दुई बर्ष कप्तानी गर्न नपाउने गरि प्रतिबन्ध गरेको थियो ।

स्मिथको प्रतिबन्ध पछि बोर्डले टेस्टमा विकेट ब्याट्सम्यान टिम पेनलाई तथा ट्वान्टी ट्वान्टी र एकदिवसीय खेलमा ओपनर ब्याट्सम्यान आरोन फ़िञ्चलाई कप्तान नियुक्त गरेको थियो ।

स्मिथले हालै दिएको एक अन्तर्वार्ताका क्रममा आफु पुन कप्तान हुन तयार रहेको जनाएका हुन् । ‘म सँग यस बारेमा सोच्नको लागि पर्याप्त समय थियो । मेरो बिचारमा अब यो अवसर आएको खण्डमा म कप्तानी गर्न लालायित र आतुर छु ।’

‘अब यो सबै मेरो हातमा छैन । क्रिकेट अष्ट्रेलिया के चाहन्छ भन्ने हो । तर यो चाहि के कुरा पक्का हो भने म कप्तानी गर्न इच्छुक पनि छु ।’

दक्षिण अफ्रिका विरुद्धको उक्त टेस्टका क्रममा क्यामरन बेनक्रफ्टले हातमा एउटा कपडा समातेर त्यसलाई मैदानमा भएको बलुमा दल्दै बल चम्काएको क्यामेराले खिचे पछि बल टेम्परिङको विषय बाहिर निक्लिएको थियो । त्यस लगत्तै अष्ट्रेलियन क्रिकेट बोर्डले स्मिथ, बेनक्रफ्ट र उपकप्तान डेभिड वार्नरलाई प्रतिबन्ध लगाएको थियो ।

Click to comment

Trending