Headline

थ्री नेसन्स कप बिजेता नेपाली टोलीलाई एन्फाले जनही एक लाख दिने

Published

on

काठमाडौंमा सम्पन्न थ्री नेसन्स कपको बिजेता टोली नेपालका खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनही एक लाख दिने भएको छ ।

एन्फाले मंगलबार एक बिज्ञप्ती निकाल्दै थ्री नेसन्सको बिजेता टोली नेपाललाई ५ हजार अमेरिकी डलर र हरेक खेलाडीलाई जनही एक लाख दिने जनाएको हो ।

नेपाली सिनियर फुटबल टोलीले बङ्गलादेशलाई हराउँदै ३६ बर्षपछि घरेलु भुमिमा उपाधि जितको थियो । १९८४ को दक्षिण एसियाली खेलकुदको फुटबलमा स्वर्ण जितेको नेपालले सोमबार थ्री नेसन्स कपको फाइनलमा बङ्गलादेशलाई २–१ ले पराजित गर्दै उपाधि जितेको हो । नेपालका लागि फाइनलमा सन्जोग राई र बिशाल राईले एक-एक गोल गरेका थिए ।

थ्री नेसन्स कपमा किर्गिस्तान यु-२३, बङ्गलादेश र आयोजक नेपालले खेलेका थिए । जहाँ नेपाल च्याम्पियन बन्दै ट्रफी घरमा राख्न सफल भएको थियो ।

Click to comment

Trending