अन्तर्राष्ट्रिय

सरकारको आक्रमक अर्धशतकका बाबजुत न्युजिल्याण्डलाई ट्वान्टी ट्वान्टी शृंखला

Published

on

सौम्य सरकारले तुफानी अर्धशतक प्रहार गरे पनि बर्षाले प्रभावित दोश्रो ट्वान्टी ट्वान्टी खेलमा बंगलादेशलाई डकवर्थ नियम अनुसार २८ रनले पराजित गर्दै घरेलु टोली न्युजिल्याण्डले एक खेल अगावै ट्वान्टी ट्वान्टी शृंखला माथि कब्जा जमाएको छ ।

आजको खेलमा जित हात पार्दा न्युजिल्याण्डले तीन खेलको शृंखलामा २-० को अग्रता लिन सफल भएको छ । यस अघि सम्पन्न पहिलो ट्वान्टी ट्वान्टी खेलमा न्युजिल्याण्डले बंगलादेश माथि ६६ रनको फराकिलो जित दर्ता गराएको थियो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले १७ दशमलब पाँच ओभरमा पाँच विकेट गुमाएर १७३ रङ बनाएको अवस्थामा वर्षा सुरु भए पछि उसको पारी त्यहिं सकिएको थियो ।

न्युजिल्याण्डको तर्फबाट ग्लेन फिलिप्सले अविजित रहँदै सर्वाधिक ५८ रन बनाए । १११ मा पाँच विकेट गुमाएर मध्यम योगफलमा खुम्चिन लागेको न्युजिल्याण्डको पारी सम्हाल्ने क्रममा ३१ बलको सामना गर्दै पाँच चौका र दुई छक्का प्रहार गरेका फिलिप्सले छैठौं विकेटका लागि ड्यार्ल मिचेलसँग मिलेर २७ बलमा अविजित ६२ रनको साझेदारी गरे । मिचेलले १६ बलमा अविजित ३४ रनको पारी खेले ।

वर्षाका कारण खेल रोकिंदा ओभर घट्न पुग्यो र बंगलादेशले १६ ओभरमा १७१ रनको लक्ष्य पाएको बंगलादेशले पुरै १६ ओभर खेल्दै सात विकेटको नोक्सानीमा १४२ रन मात्र जोड्न सक्यो ।

बंगलादेशको तर्फबाट सौम्य सरकारले आक्रमक पारी खेल्दै २५ बलमा अर्धशतक बनाए पनि आफ्नो टोलीलाई जित भने दिलाउन सकेनन् । २७ बल खेलेका उनले पाँच चौका र तीन छक्काको मद्धतमा सर्वाधिक ५१ रनको पारी खेले । त्यस बाहेक ओपनर मोहमद नैमले पनि ३८ रनको योगदान दिए ।

न्युजिल्याण्डका टिम साउथी, हमिश बेन्नट र एडम मिल्नेले समान २-२ विकेट हात पारे ।

Click to comment

Trending