Headline

बिश्वकप छनोट बेलको वेल्सका लागि अन्तिम हुन सक्ने

Published

on

स्टार फर्वार्ड ग्यारेथ बेलले हाल जारी २०२२ बिश्वकप युरोपिनय छनोटसँगै उनको वेल्ससँगको अन्तर्राष्ट्रिय करिअरको अन्त्य हुन सक्ने स्विकारेका छन् ।

समुह इ को आफ्नो पहिलो खेलमा बेल्जियमसँग ३–१ ले पराजित भएको वेल्स मँगलवार कार्डिफमा चेक रिपब्लिकबिरुद्ध खेल्न गइरहेको छ । कोरोनाका कारण एक बर्ष पछाडी धकेलिदै जुनमा शुरु हुने युरो कपका लागि वेल्सले बेलबाट आशा गर्न सक्छ तर कतारमा २०२२ को बिश्वकप शुरु हुँदा उनी ३३ बर्षका भइसक्नेछन् ।

“मैले यो बिषयमा धेरै सोचेको थिइन । तर पक्कै पनि हामी बुढो हुदै गइरहेको छौं र सम्भवत यो अन्तिम हुन सक्छ,” बेलले भने । “यदि अन्तिम हुने हो भने म आफ्नो कुराबाट पछि हट्ने छैन । म सधै जसरी नै आफ्नो कुरामा प्रतिबद्ध रहनेछु ।”

“हामीसँग अझै पनि एउटा ठूलो प्रतियोगिता (युरो) खेल्ने अवसर रहेको छ । त्यसपछि बिश्वकप छनोटलाई निरन्तरता दिनेछौं । म वर्तमानमा मात्रै केन्द्रित छु । भविष्यमा जे हुनु पर्ने हो त्यो भएरै छोड्छ,” उनले भने ।

रियल म्याड्रिडबाट पुरै सिजनको लागि लोनमा टोटेन्ह्याम हट्स्पर फर्किएका बेलको शुरुवात घुँडामा लागेको चोटका कारण राम्रो हुन सकेन । फेब्रुवरी र मार्चको शुरुवातमा ६ खेलबाट ६ गोल गरेका बेल अहिले आफूसँग चेकलाई संकटमा पार्न पर्याप्त फर्म र गति रहेको मान्छन् । चेकले पहिलो खेलमा इस्टोनियालाई हराएको थियो भने दोश्रोमा बेल्जियमसँग बराबरी गरेको थियो ।

“फुटबलमा आत्मबिश्वास भनेको निकै ठूलो कुरा हो । तपाई उत्कृष्ट खेलाडी हुनुहोस वा खराब, फुटबलरको रुपमा आत्मबिश्वास हुनु, बिशेषगरि मेरो लागि, निकै ठूलो कुरा हो । फाइनल थर्डमा खेल्नको लागि तपाईले रिस्क लिनु पर्छ, आफ्नो बारे राम्रो सोच्दै डिफेन्डरलाई बिट गरि गोल गर्न आवश्यक छ,” उनले भने ।

वेल्सका लागि मँगलवारको खेलमा राबि मटोन्डो, हल रोब्सन–कानु र टाइलर रोबर्ट्स हुने छैनन् । उनीहरुलाई कोरोनाको स्वास्थ्य फ्रोटोकोल मिचेको आरोपमा सोमबार घर फकाईएको थियो ।

Click to comment

Trending