Headline

१० वर्ष पछि सिटी छोड्दै अग्वेरो

Published

on

क्लबका सर्वधिक गोलकर्ता र सुपरस्टार स्ट्राइकर सर्जियो अग्वेरोले म्यानचेस्टर सिटी छोड्ने घोषणा गरे सँगै सिटीले अब भने एक अविश्वसनीय युगको अन्त्य देख्दै छ ।

३८४ खेलमा २५७ गोल गरिसकेका अग्वेरोले प्रिमियर लिगमा मात्रै १८१ गोल गरिसकेका छन् । उनको गोल गर्ने औशत प्रतिसत पनि निकै अचम्मको छ । अग्वेरोले हरेक दुई खेलमा एक गोल गर्ने औशत राखेका छन् ।

अग्वेरो सिटीका लागि लेजेण्ड हुन् । २०११-२०१२ उनको पहिलो सिजनको अन्तिम खेलमा क्विनस पार्क रेन्जर्स विरुद्ध इन्जुरी समयमा गोल गर्दै सिटीलाई प्रिमियर लिग जिताएका कारण उनलाई समर्थकले हरेक दिन याद राख्ने छन् । अग्वेरोले सिटीका लागि हरेक सिजन उत्कृष्ट खेले र अझै पनि चार महिना बाँकी रहदा उनको प्रदर्शन अझै हेर्न बाँकी छ ।

सिटीका सर्वकालिन उत्कृष्ट खेलाडी अग्वेरोले सोमबार राती आफ्नो ट्विट गर्दै सिटी छोड्ने जनाए । म्यानचेस्टर सिटीले पनि आउने विन्डोमा क्लब छोड्ने जनाइसकेको छ ।

सिटीले उनको सम्मानमा इतिहाद रङ्गशाला बहिर निर्माणाधीन डेभिड सिल्भा र भिन्सेन्ट कोम्पेनीको मुर्तीसँगै उनको पनि मुर्ती राख्ने जनाएको छ ।

अग्वेरोको ट्विटको नेपाली अनुवाद:

“जब एक चक्र समाप्त हुन्छ, धेरै भावना मनमा आउँछ,”

“आजको दिन र उमेरमा एक पेशेवर खेलाडीको लागि यो असामान्य हो तर मेरो लागि म्यानचेस्टर सिटीमा १० वर्ष खेल्दा म मा सन्तोष र गर्वको ठूलो अनुभूति छ,”

“ठूला उपलब्धिहरूका साथ १० वर्ष मैले बिताए । सिटीका लागि ऐतिहासिक गोल स्कोरर बन्न सफल भएँ र यस क्लबलाई प्रेम गर्ने सबैसँग राम्रो सम्बन्ध बनाँए र ति मानिसहरू मेरो हृदयमा सधैं हुनेछन्,”

“म २०११ को एउटा युगमा सिटी आएको थिए र त्यही समयमै सिटीका मालिकहरूको दिशानिर्देश र धेरै खेलाडीहरूको योगदानबाट हामीले विश्वमा ठुलो नाम कमायौँ र त्यस्का लागि धेरै धन्यवाद।”

 

Click to comment

Trending