Headline

नेपाललाई ३६ बर्षपछि घरेलु भुमिमा उपाधि

Published

on

नेपाली सिनियर फुटबल टोलीले ३६ बर्षपछि घरेलु भुमिमा उपाधि जितको छ । १९८४ को दक्षिण एसियाली खेलकुदको फुटबलमा स्वर्ण जितेको नेपालले सोमबार थ्री नेसन्स कपको फाइनलमा बङ्गलादेशलाई २–१ ले पराजित गर्दै उपाधि जितेको हो ।

१९८४ यता नेपालले घरेलु भुमिमा थुप्रै प्रतियोगिताहरु आयोजना गरेपनि उपाधि भने जितेको थिएन । नेपालले १९९९ को दक्षिण एसियाली खेलकुदको फुटबल फाइनल खेलेको थियो तर दशरथ रँगशालामा उसले बङ्गलादेशसँग पराजय व्यहोरेको थियो ।

सोमबारको जितसँगै नेपालले २१ बर्ष अघि घरेलु मैदानमै व्यहोरेको हारको बदला लिएको छ । नेपालको जितमा यसै प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका सन्जोग राइनायक रहे । पहिलो हाफमा उनकै गोलबाट नेपालले अग्रता लिएको थियो भने उनकै असिस्टमा बिशाल राइले गोल गरेका थिए ।

बङ्गलादेशका लागि ८२ औं मिनेटमा येसिन अराफातले कर्नरमा सशक्त हेडरमार्फत गोल गरेका थिए ।

पहिलो हाफको लगभग पुरै समय नेपाल हावी भएको थियो । बङ्गलादेशले बिरलै कुनै मौका पाएको थियो । आठौं मिनेटदेखि नै गोलको प्रयास गरेको नेपालका लागि बिशालले निकालेको क्रस डिफ्लेक्ट भएर ओपन मौका आउदा सन्जोग त्यहा पुग्न सकेनन् ।

सुनिल बलले त्यसपछि १३ औं र १७ औं मिनेटमा अर्को दुई मौका सृजना गरेका थिए । उनले दिएको क्रसमा त्रिदेव गुरुङ ट्याप गर्नबाट चुके । अर्को क्रसमा अनन्त तामाङले उत्कृष्ट हेडर प्रहार गर्दा बङ्गलादेशका गोलकिपर अनिसुर रहमानले डाइभ गर्दै उत्कृष्ट बचाउन गरेका थिए ।

१८ औं मिनेटमा सुनिल बलको कर्नर शुरुमा क्लियर भएपछि पाएको बलमा सन्जोगले लेफ्ट फुटेड हाफ भलीमार्फत उत्कृष्ट गोल गरे । यस त्रममा उनको प्रहारले भिडम भाड रहेको बङ्गलादेशको डि एरियामा कसैले पनि छोएका थिएनन् ।

३० औं मिनेटमा दिनेश राजबंशीले दिएको पासमा अन्जन बिष्टले रहमानको दाउको माथिबाट गरेको प्रहार थोरैले मात्रै बाहिरिएको थियो । सन्जोगको अर्को उत्कृष्ट असिस्टमा बिशालले उत्कृष्ट फिनिसिङ्ग गर्दै नेपालको अग्रतालाई दोब्बर पारेका थिए ।

दोश्रो हाफमा बङ्गलादेशले निकै दवाब गरेपनि बराबरी गोल भने गर्न सकेन ।

Click to comment

Trending