Headline

अमेरिका टोकियो ओलम्पिक्स पुरुष फुटबलमा छनोट हुन असफल

Published

on

अमेरिका टोकियो ओलम्पिक्सको पुरुष फुटबलमा छनोट हुनबाट बञ्चित भएको छ । उत्तर र मध्य अमेरिका र क्यारेबियन क्षेत्र (कोन्काकाफ) छनोटको सेमिफाइनलमा होन्डुरससँग २–१ ले पराजित भएपछि अमेरिका छनोट हुन असफल भएको हो ।

यो क्षेत्रबाट उपलब्ध मात्र दुई कोटाका लागि आइतबारको परिणामपछि होन्डुरस र मेक्सिको जुलाईमा हुने ओलम्पिक्सका लागि छनोट भएका छन् । कोरोनाका कारण ओलम्पिक्स पनि एक बर्ष पछाडी धकेलिएको हो ।

मेक्सिकोले अर्को सेमिफाइनलमा क्यानडालाई २–० ले पराजित गरेको हो । फाइनल मँगलवार हुनेछ ।

हुवा कार्लोस ओब्रेगनले होन्डुरसलाई पहिलो हाफको इन्जुरी समयमा अग्रता दिलाएका थिए भने गोलकिपर डेविड ओचोवाले बल क्लियर गर्ने प्रयासमा रिबाउण्डमा लुइस पाल्मालाई ठोक्किएर गोल भएपछि दोश्रो हाफको शुरुवातमै अमेरिका दुई गोलले पछि पर्न पुगेको थियो ।

५२ औं मिनेटमा ज्याक्सन युइलले अमेरिकालाई खेलमा फर्काए पनि होन्डुरस लगातार पाचौं पटक ओलम्पिक्सका लागि छनोट हुन सफल भयो । अमेरिका २००८ को ओलम्पिक्स यता लगातार तेश्रो पटक असफल भएको हो । “हामी बिक्षिप्त छौं । हाम्रो खेलाडीहरुमा त्यति धार नै भएन । यति धेरै गल्ति गरेको खेल अमेरिकाले अहिलेसम्म खेलेकै थिएन,” अमेरिकाका प्रशिक्षक जेसन क्राइजले भने ।

अमेरिका लगातार दोश्रो पटक होन्डुरससँग पराजित हुदै ओलम्पिक्समा छनोट हुन असफल भएको हो । होन्डुसरले अमेरिकालाई २०१६ को रियो ओलम्पिक्समा पनि छनोट हुन रोकेको थियो ।

२०१२ लण्डन ओलम्पिक्सको स्वर्ण बिजेता मेक्सिको भने १२ औं पटक छनोट हुन सफल भएको हो । युरियल अन्तुना र योहान भास्केजले दोश्रो हाफमा गोल गरेपछि मेक्सिको बिजयी भएको थियो ।

Click to comment

Trending