Headline

थ्री नेसन्स कप: फाइनलमा गोलकै आशा

Published

on

थ्री नेसन्स कपको फाइनलमा सोमबार साँझ नेपालले बङ्गलादेशको सामना गर्दै छ । दुवै टोलीले यो प्रतियोगितामा गोल गर्न सकेका छैनन् ।

बङ्गलादेशले किर्गिस्तान अण्डर–२३ लाई हराउँदा भएको एक गोल पनि किर्गिज डिफेन्डर कुमारबाज युल्लु बैमानको नाममा रहेको थियो । नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तान र दोस्रोमा बङ्गलादेशसँग लगतार गोलरहित बराबरी खेल्दा जम्मा तीन पटक मात्र पोस्टमा प्रहार गर्न सकेको थियो । किर्गिस्तानबिरुद्ध नेपालले दुई पटक फ्रेममा प्रहार गरेको थियो ।

बङ्गलादेशको अवस्था पनि उस्तै छ । किर्गिस्तान अण्डर–२३ विरुद्ध आक्रमण बुनेको बङ्गलादेशले धेरै अवसर पनि सृजना गरेको होइन । दोस्रो खेलमा नेपालसँग पनि एक मात्र प्रहार पोस्टमा गर्यो ।

नेपाल र बङ्गलादेशसँग फाइनलमा गोल गर्ने बाहेक बिकल्प छैन । तर फाइनलमा ९० मिनेट र बराबरी रहको अवस्थामा अतिरिक्त ३० मिनेटको खेल र त्यहा पनि गोल नभएको खण्डमा पेनाल्टीबाटै खेलको निर्णय हुनेछ ।

बङ्गलादेश प्रशिक्षक जेमी डे ले फाइनलमा बङ्गलादेश गोलकै लागि प्रयासरत रहने विस्पोर्टजलाई बताए । “हामी मात्र हैनौँ, नेपाल र किर्गिस्तानको पनि समस्या गोलकै हो तर नेपाल विरुद्ध हुने फाइनलमा हाम्रो मुख्य लक्ष्य भनेकै ९० मिनेट भित्र गोल गरेर खेल जित्नु हो,“ डे ले भने ।

नेपालका प्रशिक्षक बालगोपाल महर्जनले पनि बङ्गलादेश विरुद्ध गोलरहित बराबरी खेल्दै फाइनलमा पुगे पछि दुई खेलमा चुकेको नेपालले फाइनलमा गोल गर्न मिहिनेत गर्ने बताएका थिए । “हाम्रो गएका दुई खेलमा गोल भएका छैनन् तर बङ्गलादेश विरुद्ध हुने फाइनलमा भने हामी फाइनल थर्डमा निकै मेहेनत गर्ने छौँ,“ उनले भने ।

प्लेयर्स टु वाच

त्रिदेव गुरुङ– मिडफिल्डर, नेपाल

त्रिदेव गुरुङले पहिलो खेलमा किर्गिस्तान अण्डर–२३ विरुद्ध मध्यम प्रदर्शन गरे पनि बङ्गलादेश विरुद्धको दोस्रो खेलमा भने लोभलाग्दो खेल देखाए । तेज तामाङ र त्रिदेवको मिडफिल्डमा पासहरु निकै मिलेको देखिन्थ्यो । हिमालयन शेर्पाबाट व्यवसायिक फुटबल खेल्दै आएका त्रिदेवले नेपालका लागि फाइनलमा पेनाल्टी एरिया भित्र बल निकाल्न सक्ने हो भने गोल हुने सम्भावना बढ्ने छ । २१ वर्षिय त्रिदेवका लागि फाइनलमा फेरी पनि उत्कृष्ट प्रदर्शन गर्ने मौका छ ।

मोहम्मद साद उद्दिन – विङर, बङ्गलादेश

बङ्गलादेशको धेरै पोजिसनमा खेल्न सक्ने खेलाडी हुन् मोहम्मद साद उद्दिन । बङ्गलादेश प्रिमियर लिगमा अबहानी लिमिटेडबाट खेल्ने साद उद्दिन राइट ब्याक, राइट विङर, अट्याकिङ मिडफिल्ड र कहिले काही फर्वार्ड समेत खेल्ने गर्छन् । बङ्गलादेशले प्रतियोगितामा गरेको एक मात्रै गोल पनि साद उद्दिनले नै बनाएको मुभमा भएको थियो । साद उद्दिन बङ्गलादेशका प्रशिक्षक जेमी डे का निकै भरपर्दा विङर समेत हुन् ।

सम्भावित ११ :

नेपाल:

बङ्गलादेश:

Click to comment

Trending