Corona Virus

सचिन तेन्दुल्करलाई कोरोना भाइरस

Published

on

भारतीय लेजेण्ड क्रिकेटर सचिन तेन्दुल्करलाई कोरोना पोजिटिभ भएको छ । सचिनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना देखिएको बताएका हुन् ।

सचिनले आफू हाल घरमै आइसोलेसनमा रहेको र आवश्यकता अनुरुपको सावधानी अपनाइरहेको बताएका छन् । उनको घरका अन्य सदस्यहरुलाई भने कोरोना नेगेटिभ देखाएको छ ।

“मैले लगातार परिक्षण गर्नुका साथै कोभिडलाई टाढै राख्न आवश्यकता अनुसारको सतर्कता अपनाइरहेको थिए । निकै सानो लक्षण पछि मलाई पोजिटिभ देखिएको छ । घरमा अरु सबैजनालाई नेगेटिभ देखाएको छ,” सचिनले सामाजिक सञ्जालमा लेखेका छन् ।

“मैले आफूलाई क्वारेन्टिनमा राखेको छु र डाक्टरको सुझाव अनुरुप स्वास्थ्य प्रोटोकोल फलो गर्दैछु । मलाई सहयोग गरिरहनु भएका सम्पूर्ण स्वास्थ पदाधिकारीहरुलाई म धन्वाद दिन चाहन्छु । तपाईहरु पनि आफ्नो हेरबिचार गर्नु होला,” उनले भनेका छन् ।

भारतमा केही साता यता दैनिक रुपमा कोरोनाका हजारौंको संख्यामा बिरामीहरु बढ्न थालेका छन् । यसअघि केही खुकुलो गरिपनि अहिले सार्वजनिक स्थानहरुमा पनि स्वास्थ्य ऐन अन्तर्गत कडाइ गरिएको छ ।

Click to comment

Trending