Headline

महिला मेयर कपका लागि मेयर ११ टोली सार्वजनिक

Published

on

आगामी शनिबारबाट सुरु हुने ललितपुर मेयर महिला च्याम्पियनसिपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ललितपुर मेयर ११ को टोली सार्वजनिक गरेको छ ।

दाङमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट समुह चरणबाट नै बाहिरिएका टोलीहरुबाट उत्कृस्ट १४ खेलाडी समावेस गरिएको मेयर ११ को कप्तानी सरस्वती चौधरीले सम्हाल्ने छिन् ।

ललितपुर मेयर महिला च्याम्पियनशिप चैत्र २१ गतेबाट चैत्र २८ गते सम्म टियु क्रिकेट मैदानमा खेलाइने छ ।

प्रतियोगितामा दाङमा आयोजना भएको महिला प्रधानमन्त्री कपको सेमीफाइलिस्ट टोलीहरु प्रदेश १, एपीएफ, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशसँगै अन्य प्रदेश टिमका उत्कृस्ट खेलाडीहरुबाट बनेको संयुक्त टोली ललितपुर ११ को सहभागिता रहने छ ।

ट्वान्टी ट्वान्टी ढाँचामा खेलाइने प्रतियोगितामा एक चरणको राउण्ड रोेबिन लिगपछि शिर्ष स्थानका दुई टोली सिधै फाइनल प्रवेश गर्नेछन् ।

ललितपुर मेयर ११ : सरस्वती चौधरी, अनुराधा चौधरी, कविता गौतम, शोभा आले, विमला मगर, बिन्दु कटवाल, सुमन खतिवडा, कन्चन श्रेष्ठ, आरती विडारी, अश्मिना कर्माचार्य, केनुका बस्नेत, सृष्टि पौडेल, अनिसा लामिछाने, निशा रावल

Click to comment

Trending