Headline

म सबैभन्दा महत्वपूर्ण म्यानेजर हो : माउरिन्हो 

Published

on

टोटनह्यामका व्यवस्थापक होजे माउरिन्हो आफैलाई ‘फुटबलको सबैभन्दा महत्वपूर्ण म्यानेजर’ रहेको बताएका छन् । स्पर्सले पछिल्लो चरणमा गरेको खराब प्रदर्शन पछि उनी विरुद्ध आलोचना हुन थाले पछि रिसाएका माउरिन्होले यस्तो प्रतिक्रिया दिएका हुन् ।

आफ्ना आलोचकहरु बिरुद्ध आफ्नो प्रशिक्षण विधीलाई लिएर उनले भने: ‘मलाई लाग्दैन कि कोहि पनि नासाका वैज्ञानिककोमा गएर रकेट विज्ञानका बारेमा बहस गर्न सक्छ । उनीहरुलाई लाग्छ कि उनीहरु फुटबलको सबैभन्दा महत्वपूर्ण म्यानेजरसँग फुटबलको बारेमा बहस गर्नसक्छन् । तर त्यो फुटबलको राम्रो पक्ष पनि हो । मलाई यसमा बानी परिसकेको छ । म त्यसको कदर पनि गर्छु ।’

धेरैले माउरिन्होको स्पर्समा भविष्यको बारेमा पनि चर्चा गर्न सुरु गरिसकेका छन् । उनको नर्थ लण्डन क्लबसँगको अनुबन्ध सन् २०२३ सम्मको रहे पनि यस्तै प्रदर्शन जारी रहेमा बर्खास्त हुन सक्ने पनि अड्कल बाजी गर्न थालिएको छ ।

सफल म्यानेजर मध्ये एक माउरिन्होले स्पर्सको ८३ खेलमा प्रशिक्षण गर्दा ४४ खेलमा जित निकाल्न सकेका छन् भने २२ खेलमा पराजय भोग्न पुगेका छन् । इङ्ग्लिस प्रिमियर लिगको यस सिजन माउरिन्होको टोलीले २९ खेलमा १४ मा जित निकाल्दा नौं खेलमा पराजित भएको छ भने छ खेल बराबरीमा टुंग्याउँदा लिग टेबलको छैठौं स्थानमा रहेको छ ।

Click to comment

Trending