Headline

कठिन लक्ष्य पक्ष्याएको इंग्ल्यान्डको भारत माथि सनसनीपूर्ण जित

Published

on

जोनी बैरस्टोको शतक तथा बेन स्टोक्सको आक्रमक पारीको मद्धत इंग्ल्यान्डले घरेलु टोली भारत विरुद्धको दोश्रो एकदिवसीय खेलमा छ विकेटको सनसनीपूर्ण जित हात पारेको छ । यस जित सँगै पहिलो खेलमा ६६ रनको हारको सामना गरेको इंग्ल्यान्डले तीन खेलको शृंखलामा १-१ को बराबरीमा पनि पुर्याउन सफल भएको छ ।

जितकालाई ३३७ रनको कठिन लक्ष्य सहित ब्याटिङमा आएको इंग्ल्यान्डले ४३ दशमलब तीन ओभर खेल्दै चार विकेटको नोक्सानीमा जित आत्मसाथ गर्यो ।

इंग्ल्यान्डको जितमा ओपनर जोनी बैरस्टोले सर्वाधिक १२४ रन बनाए भने आक्रमक पारी खेलेका बेन स्टोक्सले ९९ रनको पारी खेले । त्यस्तै अर्का ओपनर जेसन रोयले पनि ५५ रनको योगदान दिए ।

रोय र बैरस्टोले पहिलो विकेटका लागि १६ दशमलब तीन ओभरमा ११० रन जोड्दै राम्रो सुरुवात दिए । त्यस पछि ब्याटिङमा आएका स्टोक्सले दोश्रो विकेटका लागि बैरस्टोसँग मिलेर ११७ बलमा १७५ रन जोड्दै इंग्ल्यान्डलाई जित तर्फ पुर्याए । शतक बनाउन एक रनले चुकेका स्टोक्सले ५३ बल खेल्दै चार चौका र १० छक्का प्रहार गरे । ११२ बलको सामना गरेका बैरस्टोले ११ चौका र सात छक्का हिर्काए ।

सबैभन्दा किफायती रहेका प्रसिध कृष्णाले १० ओभरमा ५८ रन खर्चिएर सर्वाधिक दुई विकेट हात पारे ।

यस अघि केएल राहुलले शतक तथा कप्तान बिराट कोहली र विकेट किपर ब्याट्सम्यान रिशब पन्तले आक्रमक अर्धशतक प्रहार गरे पछि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै छ विकेटको नोक्सानीमा ३३६ रनको विशाल योगफल खडा गर्यो ।

भारतको तर्फबाट केएल राहुलले सर्वाधिक १०८ रन बनाए । एकदिवसीयमा पाँचौं शतक प्रहार गरेका राहुलले ११४ बलको सामना गर्दै सात चौका र दुई छक्का प्रहार गरे ।

ओपनरद्वय शिखर धवन र रोहित शर्मा क्रमसः चार र २५ रनमा आउट हुँदा खराब सुरुवात गरेको भारतको पारी सम्हाल्ने क्रममा राहुलले तेश्रो विकेटका लागि कप्तान बिराट कोहलीसँग १२१ रन तथा चौथों विकेटका लागि विकेट किपर रिशब पन्तसँग ८० बलमा आक्रमक ११३ रनको साझेदारी गरे ।

कप्तान कोहली ७९ बल खेल्दै तीन चौका र एक छक्काको मद्धतमा ६६ रन बनाएर आउट भए भने आक्रमक पारी खेलेका पन्तए ४० बलमा तीन चौका र सात छक्का सहित ७७ रन बनाएर आउट भए ।

त्यस्तै हार्दिक पान्ड्यले चार छक्का र एक चौका सहित १६ बलमा ३५ रन बनाए भने कुर्नाल पान्ड्यले पन्नी अविजित १२ रनको पारी खेले ।

इंग्ल्यान्डका रेस टोप्ले र टम कुर्रानले सम २-२ विकेट हात पारे ।

Click to comment

Trending