अन्तर्राष्ट्रिय

राहुलको शतक तथा कप्तान कोहली र रिशब पन्तको अर्धशतकमा इंग्ल्यान्डलाई कठिन लक्ष्य 

Published

on

केएल राहुलले शतक तथा कप्तान बिराट कोहली र विकेट किपर ब्याट्सम्यान रिशब पन्तले आक्रमक अर्धशतक प्रहार गरे पछि घरेलु टोली भारतले इंग्ल्यान्डलाई दोश्रो एकदिवसीय खेल जित्न ३३७ रनको कठिन लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै छ विकेटको नोक्सानीमा ३३६ रनको विशाल योगफल खडा गर्यो ।

भारतको तर्फबाट केएल राहुलले सर्वाधिक १०८ रन बनाए । एकदिवसीयमा पाँचौं शतक प्रहार गरेका राहुलले ११४ बलको सामना गर्दै सात चौका र दुई छक्का प्रहार गरे ।

ओपनरद्वय शिखर धवन र रोहित शर्मा क्रमसः चार र २५ रनमा आउट हुँदा खराब सुरुवात गरेको भारतको पारी सम्हाल्ने क्रममा राहुलले तेश्रो विकेटका लागि कप्तान बिराट कोहलीसँग १२१ रन तथा चौथों विकेटका लागि विकेट किपर रिशब पन्तसँग ८० बलमा आक्रमक ११३ रनको साझेदारी गरे ।

कप्तान कोहली ७९ बल खेल्दै तीन चौका र एक छक्काको मद्धतमा ६६ रन बनाएर आउट भए भने आक्रमक पारी खेलेका पन्तए ४० बलमा तीन चौका र सात छक्का सहित ७७ रन बनाएर आउट भए ।

त्यस्तै हार्दिक पान्ड्यले चार छक्का र एक चौका सहित १६ बलमा ३५ रन बनाए भने कुर्नाल पान्ड्यले पन्नी अविजित १२ रनको पारी खेले ।

इंग्ल्यान्डका रेस टोप्ले र टम कुर्रानले सम २-२ विकेट हात पारे ।

तीन खेलको एकदिवसीय शृंखलामा भारत १-० ले अघि रहेको छ । यस अघि भएको पहिलो एकदिवसीय खेलमा इंग्ल्यान्ड ६६ रनले पराजित भएको थियो ।

Click to comment

Trending