Headline

घरेलु मैदानमा नेपालले ट्वान्टी ट्वान्टी शृंखला खेल्ने   

Published

on

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी महिना ट्वान्टी ट्वान्टी त्रिकोणात्मक शृंखला आयोजना गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा आयोजना हुने ट्वान्टी ट्वान्टी शृंखलामा नेपाल सहित नेदरल्यान्ड्सको सहभागिता रहने छ । यस अघि क्यानले शृंखला आयोजना गर्ने भन्दै सामाजिक संजालमा हल्ला चलेको भए पनि आज क्यान उक्त प्रेस बिज्ञप्ति जारी गर्दै मलेसिया र नेदरल्यान्ड्सलाई नेपालमा नै बोलाएर शृंखला आयोजना गर्न लागेको जनाएको छ ।

१७ अप्रिलबाट आयोजना हुने प्रतियोगिता २४ तारिक सम्म संचालन हुनेछ । क्यानले अहिले नै खेल तालिका सार्वजनिक गरेको छैन । तर प्रतियोगितामा सबै टोलीले एक अर्कासँग २-२ खेल खेल्ने छन् भने समुह चरणका विजेता र उपविजेतालाई उपाधिका लागि भिड्ने छन् ।

क्यानले यस प्रतियोगिता गत डिसेम्बरमा नै आयोजना गर्न लागिएको भए पनि कोरोनाका कारण उक्त समयमा गर्न नसकिएको पनि जनाएको छ ।

Click to comment

Trending