अन्तर्राष्ट्रिय

बंगलादेशको लज्जास्पद हार, न्युजिल्याण्डको ह्वाइट वाश

Published

on

डेभोन कनवे र ड्यारल मिचेलले शतकीय पारी तथा जेम्स निशम र म्याट हेनरीले घातक बलिङ गर्दा पाहुना टोली बंगलादेशले न्युजिल्याण्ड विरुद्धको तेश्रो तथा अन्तिम एकदिवसीय खेलमा १६४ रनको लज्जासपद हारको सामना गरेको छ ।

तेश्रो तथा अन्तिम खेलमा जित निकाल्दै घरेलु टोली न्युजिल्याण्डले तीन खेलको शृंखला ३-० ले जित्दै क्लिन स्विप गर्न सफल भएको छ । न्युजिल्याण्डले पहिलो खेलमा आठ र दोश्रो खेलमा पाँच विकेटको सहज जित दर्ता गराएको थियो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डका डेभोन कनवे र ड्यारल मिचेलले शतकीय पारी खेले पछि पुरै ५० ओभर खेल्दै छ विकेटको नोक्सानीमा ३१८ रनको विशाल योगफल तयार पार्यो भने म्याट हेनरी र जेम्स निशमले घातक बलिङ गर्दा ३१९ रनको विशाल लक्ष्य सहित ब्याटिङमा आएको बंगलादेशले ४२ दशमलब चार ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।

ओपनरद्वय मार्टिन गुप्टिल र हेनरी निकोल्स क्रमसः २६ र १८, रस टेलर सात तथा कप्तान टम लाथम १८ रनमा पेभेलियन फर्किंदा खराब सुरुवात गरेको न्युजिल्याण्डको लागि कनवेले १२६ तथा मिचेलले अविजित १०० रनको पारी खेले । ११०० बलमा १७ चौका तथा ९२ बलमा नौं चौका र दुई छक्का प्रहार गरेका कनवे र मिचेलले १५९ रन जोड्दै न्युजिल्याण्डको पारी मात्र सम्हालेनन् विशाल योगफल तर्फ पनि लगे ।

निकै महँगो साबित भएका बंगलादेशका रुबेल होसेनले १० ओभरमा ७० रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे ।

सुरुवात देखि नै लगातार रुपमा विकेट गुमाएको बंगलादेशको तर्फबाट अविजित रहेका महमुदउल्लाहले ७३ बल खेल्दै छ चौका र चार छक्काको मद्धतमा सर्वाधिक ७६ रन बनाए भने मुस्फिकर रहिम र लिटन दासले समान २१-२१ रनको पारी खेले भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा निशमले सात दशमलब चार ओभरमा २७ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए भने हेनरी १० ओभरमा मात्र २७ रन खर्चदैं चार विकेट आफ्नो नाममा दर्ता गराए ।

Click to comment

Trending