Headline

बिश्वकप छनोटः स्पेन ग्रिससँग रोकियो, स्विडेनको जितमा ज्लाटनको असिस्ट

Published

on

२०२२ बिश्वकप युरोपियन छनोट अन्तर्गत बिहिबार स्पेन ग्रिससँग १–१ गोलको बराबरीमा रोकिएको छ । पहिलो दुई दिनको खेलमा यो तेश्रो अनपेक्षित नतिजा थियो । पहिलो दिन बिश्व बिजेता फ्रान्स युक्रेनसँग घरेलु मैदानमै बराबरीमा रोकियो भने नेदरल्याण्ड्सलाई सनसनीपूर्ण खेलमा टर्कीले ४–२ ले पराजित गरेको थियो ।

हरेक समुहबाट बिजेता टोली साझै बिश्वकप छनोट हुने भएका कारण प्रत्येक परिणामले ठूलो अर्थ लाग्नेछ, बिशेषगरि कहलिएका टिमहरुलाई । अन्य ठूला टिमहरुले भने जितका साथ आफ्नो खाता खोलेका छन् ।

निराश स्पेन

स्पेनको घरेलु मैदानमा ग्रिसले मात्र २० प्रतिशत बलमा नियन्त्रण राखेको थियो भने खेल अवधिभर मात्र एक शट प्रहार गरेको थियो । स्पेनको लागि दुर्भाग्य त्यो शट बिवादास्पद पेनाल्टी थियो र त्यसैमा गोल गर्दै ग्रिसले २०१० को बिश्वबिजेताबाट अंक खोस्यो ।

इनिगो मार्टिनेजले स्लाइड क्लियरेन्स गर्दा उनको बुटको गट्टी ग्रिक खेलाडीको खुट्टामा अड्किएपछि ग्रिसले ५७ औं मिनेटमा पेनाल्टी पाएको थियो । अनास्टासियोस बाकासेटासले पेनाल्टीलाई गोलमा परिणत गरेका थिए ।

अल्भारो मोराटाले पहिलो हाफमा गोल गरेपछि स्पेनले अग्रता पाएको थियो । स्पेनले अब अवे खेलमा आइतबार जर्जिया र बुधबार घरेलु खेलमा कोसोभोको सामना गर्नेछ ।

ज्लाटनको शुखद पुनरागमन

ज्लाटन इब्राहिमोभिकलाई अन्तराष्ट्रिय फुटबलमा फर्किए पनि खेलमा आफ्नो प्रभाव देखाउन ३५ मिनेट पनि लागेन । जर्जियालाई १-० ले हराएको स्विडेनले घरमा भएको विश्वकप छनोटमा शुखद सुरुवात समेत गरेको छ ।

इब्राहिमोभिकले बयाक फ्लान्कं बाट आएको लामो क्रसलाई चेस्टिङ गर्दै विक्टोर केलेसनको गोलका लागि पास दिएका थिए । ३९ वर्षिय ज्लाटन पाँच वर्ष अन्तराष्ट्रिय टोली बहिर रहेका थिए । स्विडेनका लागि ११६ क्याप जितेका उनले ६२ गोल र १७ असिस्ट समेत दिसकेका छन् ।

इङ्ल्याण्डको सानदार जित

इङल्याण्डले पनि विश्वकप छनोटको आफ्नो पहिलो खेलमा सुखद सुरुवात पायो । सान मरिनोलाई ५-० ले हराएको इङ्ल्याण्डका लागि डोमिनिक काल्भर्ट लेविनले दुई र जेम्स वार्ड प्रोव्से,रहिम स्टेर्लिङ र डेब्युटेन्ट ओले वाटिकिन्सले एक-एक गोल गरे ।

जितपछि इंग्ल्यान्ड समुूह ‘आई’ मा ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक भएपनि अल्वानिया दोस्रो स्थानमा रहेको छ । समान १ अंक जोडेको पोल्यान्ड र हंगेरी तेस्रो र चौथो स्थानमा रहँदा अंकविहीन एन्डोरा र सान मारिनो पाँचौ र छैटौ स्थानमा रहेको छ ।

आइसल्याण्ड जर्मनीसँग पराजित

खेलको सात मिनेट भित्रनै लियोन गोरेट्क्जा र काई ह्वाभर्ट्सले गोल गर्दै २-० को अग्रता दिलाए पछि आइसल्याण्ड विरुद्धको खेलमा जर्मनीलाई पछाडी फर्केर हेर्नु परेन ।

खेलमा ८१ प्रतिसत बल पोजेसन आँफै राखेको जर्मनीले आइसल्याण्डका मात्र दुई प्रहारलाई जोगाउनु परेको थियो । स्पेनसँग गएको नोभेम्बरमा ६-० ले पराजित भएको जर्मनीका लागि यो खेलले केही राहात दिएको छ ।

अन्य खेलका नतिजा

बुल्गेरिया १-३ स्विजर्ल्याण्ड
इटली २-० नदर्न आएरल्याण्ड
इस्रएल ०-२ डेनमार्क
मोल्डोभा १-१ फारोए आइल्याण्ड
स्कटल्याण्ड २-२ अष्ट्रिया
एन्डोरा ०-१ अल्बेनिया
जर्मनी ३-० आइसल्याण्ड
लिएच्टेन्सटेन ०-१ अर्मेनिया
रोमानिया ३-२ नर्थ मासेडोनिया

 

 

Click to comment

Trending