Headline

खराब अग्रपङ्ती: नेपाल १० खेलाडीमा सिमित किर्गिस्तानलाई हराउन असफल

Published

on

थ्री नेसन कप अन्तर्गत नेपाल र किर्गिस्तान यु-२३ को खेल गोलरहित बराबरीमा सक्किएको छ । नेपालले खेलमा किर्गिस्तानको यु-२३ टोलीलाई पूर्ण दवाबमा राख्दा गोल भने गर्न सकेन । डिफेन्स र मिड्फिल्डको तालमेल मिल्दा अग्रपङ्तीमा भने फिनिसिङ खड्किएको खेलमा नेपालले धेरै मौकाहरु गुमाउन पुग्यो ।

१० औँ मिनेटमा त्रिदेव गुरुङको कर्नरमा आएको बललाई अनन्त तमाङले हेडिङ गरे पनि पोस्टको दिशा दिन सकेनन् । त्यस्को चार मिनेट पछि अन्जन बिष्टले १४ औँ मिनेटमा डिबक्स भित्र लाग्दै पास गरेको बल किर्गिस्तान यु-२३ का कप्तान टाशिएभ कमोलाडिनको खुट्टामा लाग्दै पोस्टमा लग्न पुगेको थियो ।

२२ औँ मिनेटमा फेरी अन्जन बिष्टले डि बक्स बहिरबाट गरेको प्रहार आकाशियो । २९ औँ मिनेटमा नेपालले राम्रो मुभ बनायो । त्रिदेव गुरुङको क्रसमा सन्जोग राईले डि बक्स भित्र हेडिङ गर्दै दिएको पासमा अभिषेक रिजाल चुक्न पुगे । ३२ औँ मिनेटमा रन्जित धिमालको फ्रीकिकमा रोहित चन्दको हेडेरलाई गोलरक्षक प्रड्किन अर्टेमले सहजै बचाए ।

३३ औँ मिनेटमा रवी पासवानले दिएको पासलाई अन्जनले गरेको भली बहिरिन पुग्यो । ३९ औँ मिनेटमा अभिषेक रिजालको लो क्रसलाई टाशिएभ कमोलाडिनले किल्यर गर्दिएका थिए ।

दोस्रो हाफको ४८ औँ मिनेटमा नेपालका रेजिन धिमालले गरेको प्रहारलाई किर्गिस्तान यु-२३ का कुमारबाज युल्लु बैमाइनले डाइभिङ हेडर गर्दै बचाएका थिए । ५६ औँ मिनेटमा दिनेश राजवशींको क्रसका किर्गिस्तानका गोलरक्षक प्रड्किन अर्टेमले सहजै बचाए । ६२ औँ मिनेटमा रन्जित धिमालको फ्रिकिकमा आएको क्रसमा रोहित चन्दको हेडर थोरै मात्र बहिरिन पुग्यो । ६४ औँ मिनेटमा फेरी रन्जितको फ्रिकिकमा अन्जन बिष्ट चुक्न पुगे ।

किर्गिस्तान यु-२३ ६७ औँ मिनेटमा १० खेलाडीमा समेटियो । दोस्रो पटक पनि अभिषेक रिजाललाई लडाए पछि कप्तान टाशिएभ कमोलाडिन दोहोरो पहेंलो कार्ड खाँदै मैदान छोडेका थिए । ७८ औँ मिनेटमा दिनेशले दिएको क्रसलाई सुजल श्रेष्ठले खाली रहदै गरेको प्रहार बहिरिन पुग्यो ।

बराबरीसँगै नेपाल र किर्गिस्तानको एक-एक अंक भएको छ । पहिलो खेलमा बङ्गलादेशसँग पराजित भएको किर्गिस्तानले प्रतियोगिताको सबै खेल खेलिसकेको छ । नेपालले आफ्नो दोस्रो खेल शनिबार ५:३० बङ्गलादेशसँग खेल्दै छ ।

 

 

Click to comment

Trending