Headline

नेपाल र किर्गिस्तानको पहिलो हाफ बराबरीमा

Published

on

थ्री नेसन कप अन्तर्गत नेपाल र किर्गिस्तान यु-२३ को पहिलो हाफ गोलरहित बराबरीमा सक्किएको छ । नेपालले पहिलो हाफ किर्गिस्तानको यु-२३ टोलीलाई पूर्ण दवाबमा रख्दा गोल भने गर्न सकेको छैन । डिफेन्स र मिड्फिल्डको तालमेल मिल्दा अग्रपङ्तीमा भने फिनिसिङ खड्किरहेको छ ।

१० औँ मिनेटमा त्रिदेव गुरुङको कर्नरमा आएको बललाई अनन्त तमाङले हेडिङ गरे पनि पोस्टको दिशा दिन सकेनन् । त्यस्को चार मिनेट पछि अन्जन बिष्टले १४ औँ मिनेटमा डिबक्स भित्र लाग्दै पास गरेको बल किर्गिस्तान यु-२३ का कप्तान टाशिएभ कमोलाडिनको खुट्टामा लाग्दै पोस्टमा लग्न पुगेको थियो ।

२२ औँ मिनेटमा फेरी अन्जन बिष्टले डि बक्स बहिरबाट गरेको प्रहार आकाशियो । २९ औँ मिनेटमा नेपालले राम्रो मुभ बनायो । त्रिदेव गुरुङको क्रसमा सन्जोग राईले डि बक्स भित्र हेडिङ गर्दै दिएको पासमा अभिषेक रिजाल चुक्न पुगे । ३२ औँ मिनेटमा रन्जित धिमालको फ्रीकिकमा रोहित चन्दको हेडेरलाई गोलरक्षक प्रड्किन अर्टेमले सहजै बचाए ।

३३ औँ मिनेटमा रवी पासवानले दिएको पासलाई अन्जनले गरेको भली बहिरिन पुग्यो । ३९ औँ मिनेटमा अभिषेक रिजालको लो क्रसलाई टाशिएभ कमोलाडिनले किल्यर गर्दिएका थिए ।

पहिलो हाफमा निकै मौका बनाए पनि गोल गर्न नसकेको नेपालका लागि दोस्रो हाफको मुख्य लक्ष्य गोल गर्नेमा केन्द्रित हुने छ ।

Click to comment

Trending