Headline

राष्ट्रिय टोलीमा सन्जोग र त्रिदेवको डेब्यु

Published

on

थ्री नेसन कप अन्तर्गत नेपालले किर्गिस्तान यु-२३ विरुद्ध खेल्दा सन्जोग राई र त्रिदेव गुरुङले राष्ट्रिय टोलीमा डेब्यु गर्दै छन् ।

नेपालका लागि गोलरक्षकमा भारतीय आई लिगमा व्यस्त सिजन सकाएर आएका किरण चेम्जोङ रहेका छन् । साथै उनी क्पतानी समेत गर्दै छन् । रोहित चन्द र अनन्त तमाङले नेपालको रक्षापङ्ती सम्हाल्ने छन् ।

नेपालको लाइन अपमा ४-४-१-१ देखिए पनि खेलमा भने अन्जन बिष्ट र अभिषेक रिजालले   अग्रपङ्ती सम्हाल्ने देखिन्छ । नेपालले खेल भरी ४-४-२ को फर्मेसनमा खेल्ने सम्भावना बलियो छ ।

गोलरक्षक- किरण चेम्जोङ (कप्तान)

डेफेन्डर्स- रन्जित धिमाल, रोहित चन्द, अनन्त तमाङ, दिनेश राजवशीं

मिडिल्डर्स- त्रिदेव गुरुङ, सन्जोग राई, तेज तमाङ, रवी पासवान, अन्जन बिष्ट

फर्वार्ड- अभिषेक रिजाल

Click to comment

Trending