Headline

बिश्वकप छनोटः बेल्जियमको वेल्समाथि पुरा भएको बदला (सबै खेलको परिणाम)

Published

on

आफ्ना स्टार खेलाडीहरु चम्किएपछि बिश्व नम्बर एक टोली बेल्जियम वेल्सलाई ३–१ ले पराजित गर्दै २०१६ युरो कपको क्वार्टर–फाइनल बदला पुरा गर्न सफल भएको छ ।

युरो कपमा वेल्सले एक गोलले पछि परेको स्थितिमा ३–१ को जित रच्दै बेल्जियमलाई क्वार्टर–फाइनलबाट घर पठाएको थियो । आफ्नो फुटबल इतिहासकै सबैभन्दा ठूलो उपलब्धि हात पार्ने क्रममा वेल्स उक्त युरोको सेमिफाइनलसम्म प्रवेश गरेको थियो ।

बुधबार घरेलु मैदानमा बेल्जियमले त्यही किसिमको परिणाम निकाल्यो । ह्यारी विल्सनले उत्कृष्ट टिम प्रयासलाई फिनिसिङ्ग दिने क्रममा ११ औं मिनेटमा नै वेल्सलाई अग्रता दिलाएका थिए । तर त्यसपछि बेल्जियम खेलमा हावी भयो ।

२२ औं मिनेटमा बिश्वकै उत्कृष्ट मिडफिल्डर मानिएका केभिन डि ब्रुनले पेनाल्टी बक्सबाहिर बाट गरिएको सटिक प्रहारमा बराबरी गोल गरे । ६ मिनेटपछि कोनोर रोबर्ट्स चिप्लिदा थोमस मुनियरको क्रसमा थोर्गन हजार्डले सहज डेडरमा गोल गरेपछि वेल्स अभागी साबित भएको थियो ।

क्रिस मेफामले बक्स भित्र ड्रायस मेर्टेन्सलाई लडाएपछि प्राप्त पेनाल्टीमा रोमेलु लुकाकुले ७३ औं मिनेटमा गोल गर्दै बेल्जियमको जित सुनिश्चित गरेका थिए । लुकाकुले बेल्जियमका लागि ९० खेलबाट ५८ गोल गरिसकेका छन् ।

शनिबार मेक्सिकोसँग मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल्न गइरहेको बेल्जियमले मङ्गलवारको महत्वपूर्ण खेलमा चेक रिपब्लिकको सामना गर्नेछ । चेक रिपब्लिकले बुधबार नै भएको खेलमा इस्टोनियालाई ६–२ को बिशाल अन्तरले पराजित गर्यो । बेल्जियमले चेकसँग अवे खेलमा अर्को शनिबार खेल्नेछ ।

बुधबार नै भएको अर्को खेलमा पोर्चुगलले आत्मघाती गोलपछि अजरबैजानमाथि १–० को सांघुरो जित दर्ता गर्यो । नर्वेले जिब्रल्टारलाई ३–० ले हरायो ।

युरो कप अन्तर्गत बुधबारको परिणामहरु

समुह ए

पोर्चुगल १–० अजरबैजान
सर्बिया २–० रिपब्लिक अफ आयरल्याण्ड

समुह डी

फिनल्याण्ड २–२ बोस्निया हर्जगोभिना
फ्रान्स १–१ युक्रेन

समुह इ

बेल्जियम ३–१ वेल्स
इस्टोनिया २–६ चेक रिपब्लिक

समुह जी

टर्की ४–२ नेदरल्याण्ड्स
जिब्रल्टार ०–३ नर्वे
लाट्भिया १–२ मोन्टेनेग्रो

समुह एच

साइप्रस ०–० स्लोभाकिया
माल्टा १–३ रुस
स्लोभेनिया १–० क्रोएसिया

Click to comment

Trending