Headline

नेपाल भर्सेस किर्गिस्तानः के छ दुवै टोलीको अवस्था ? कस्तो छ सम्भावित प्लेयिङ्ग ११ ?

Published

on

करिब सात वर्ष पछि बिहिबार नेपाली राष्ट्रिय सिनियर फुटबल टोलीले दशरथ रङ्गशालामा आफ्नो पहिलो खेल खेल्दै छ । थ्री नेसन कप अन्तर्गत किर्गिस्तानको ओलम्पिक टोली विरुद्ध भिड्न गइरहेकोे नेपाललाई यो खेल जित्दै फाइनल प्रवेश गर्ने अवसर रहेको छ ।

पहिलो खेलमा बङ्गलादेशसँग १–० ले पराजित भएको किर्गिस्तानलाई फाइनल पुग्ने हो भने पनि बिहिबारको खेल जित्नै पर्ने दवाब छ । यस्तो घरेलु समर्थकहरुको बीचमा उसलाई सोचे जस्तो परिणाम निकाल्न सहज भने हुने छैन ।

बङ्गलादेशविरुद्ध पहिलो हाफ केही दवाबमा खेलेको किर्गिस्तानले दोस्रो हाफमा सुधारिएको प्रदर्शन दिएको थियो । मङ्गलवारको दोश्रो हाफको प्रदर्शनलाई नेपालबिरुद्ध शुरु देखि नै कायम राख्ने हो भने दवाब घरेलु टोलीमै रहन सक्छ ।

भर्खर चोटबाट फर्किएका अनन्त तामाङलाई समेट्दै डिफेन्सबाट बिकास खवासलाई फाल्ने बोल्ड निर्णय लिएका प्रशिक्षक बाल गोपाल महर्जनका लागि रक्षापंक्ति नै टाउको दुखाईको प्रमुख बिषय बन्न सक्छ । बिकास अक्टोबरदेखि बन्द प्रशिक्षणमा रहदै आएका थिए भने नोभेम्बरमा पनि बङ्गलादेश विरुद्धको दुई मैत्रीपूर्णमा रहेका थिए ।

अर्को तर्फ लामो समयदेखि टाउको दुखाईको बिषय बन्दै आएको फिनिसिङ्गको समस्या समाधान गर्न नेपाललाई चुनौति हुनेछ ।

बिकास मात्र नभएर मिडफिल्डमा हेमन्त थापा मगर र सन्तोष तमाङलाई पनि समावेश नगर्दा बालगोपालले किर्गिस्तानबिरुद्ध प्रयोगात्मक टोली उतार्न गइरहेका छन् । अर्का महत्वपूर्ण सदस्य रोहित चन्दलाई पनि डिफेन्सबाट अगाडी बढाउने हो भने नेपालले मिडफिल्डमा पनि समस्या भोग्न सक्छ ।

किर्गिस्तानमा पहिलो पटक अण्डर–२३ टोलीमा परेपनि घरेलु फुटबलमा लगतार शुरुवात गर्ने खेलाडी रहेको कारण नेपालले राम्रो चुनौतिको सामना गर्नेछ ।

सम्भावित शुरुवाती ११

नेपाल:

किर्गिस्तान:

Click to comment

Trending