Headline

घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा नेपाल

Published

on

नेपालको सिनियर टोलीले दशरथ रङ्गशालामा २०१५ मार्च १७ मा भारत विरुद्ध विश्वकप छनोटको एसियन पिलिमिनरी छनोट अन्तर्गतको खेल खेले पछि आफ्नो घरेलु मैदानमा कुनै खेल खेलेको छैन तर मार्च २३ देखी सुरु हुँदै गरेको थ्री नेसन कपमा भने नेपाली टिम करीब सात वर्ष पछि मैदान फर्किदै छ ।

किर्गिस्तानको यु-२३ टोली र बङ्गलादेशको राष्ट्रिय टोली रहेको थ्री नेसन कप धेरै प्रतिस्पर्धात्मक प्रतियोगिता त हैन तर पनि नेपालको तर्फबाट भने लामो समय पछि राष्ट्रिय टोलीको समर्थकहरुले उत्कृष्ट खेलको आशा गर्ने छ ।

“विश्वकप छनोटको खेलहरु रोकिए पछि यो प्रतियोगिता भएको हो र यसका कारण खेलाडीहरु त उत्साहित हुने भए पनि दर्शकहरु पनि छन् होला,” नेपाली टोलीका उपकप्तान रोहित चन्द ठकुरीले भने ।

यस्तै प्रशिक्षक बालगोपाल महर्जन पनि राष्ट्रिय टोलीको खेललाई घरेलु मैदानमा अझै उत्कृष्ट बनाउने बताए । “यसपटक हामी रिजल्टमा भन्दा पनि उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छौँ । उत्कृष्ट खेल देखाए पछि त नतिजा आउछ नै हाम्रो मुख्य लक्ष्य भनेकै राम्रो खेलेर नेपालीलाई खुशी पार्ने पनि हो,” उनले भने ।

दशरथ रंगशालामा नेपालले कीर्गिस्तानसंँग चैत १२ गते पहिलो खेल खेल्दैछ भने चैत १६ गते बंगलादेशसंग दोस्रो खेल खेल्नेछ । मङ्गलबार हुने पहिलो खेलमा भने बङ्गलादेशले किर्गिस्तानको सामना गर्दै छ ।

Click to comment

Trending