Headline

ललितपुरले सार्वजनिक गर्यो एनएसएलका लागि जर्सी 

Published

on

ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को लागि आफ्नो जर्सी सार्वजनिक गरेको छ । ललितपुर फ्रेन्चाइजले आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै  जर्सी सार्वजनिक गरेको हो ।

ललितपुर सिटी एफसीका मालिक कामना गुरुङ, मुख्य प्रशिक्षक प्रदिप हुमागाई तथा नेपाली बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठले जर्सी सार्वजनिक गरेका थिए ।

त्यस्तै आजकै कार्यक्रमका बीच ललितपुरले प्रशिक्षक हुमागाईसँग पनि सम्झौता गरेको छ । यस अघि अक्सनमा प्रशिक्षकका रुपमा हुमागाई देखा परेको भए पनि ललितपुरले आज सम्झौता गरेको हो ।

नेपालको पहिलो फुटबल फ्रेन्चाइज लिग नेपाल सुपर लिगले प्रतियोगिता अप्रिल २४ बाट दशरथ रंगशालामा शुरु हुने छ ।  नेपालमा पहिलो पटक आयोजना हुन लागेको लिगमा सहभागी टोलीहरु बिराटनगर सिटि फुटबल क्लब, काठमान्डौँ रेन्जर्स फुटबल क्लब, ललितपुर सिटि एफसी, चितवन सिटि एफसी, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी फुटबल क्लब रहेका छन् ।

Click to comment

Trending