Headline

मेयर महिला च्याम्पियनशिपको खेल तालिका सार्वजनिक

Published

on

नेपाल क्रिकेट संघ (क्यान) ले यहि चैत्र २१ गते देखि सुरु हुने ललितपुर मेयर महिला च्याम्पियनशिपको खेल तालिका सार्वजनिक गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश १ र एपीएफ भिड्ने छन् भने पहिलो दिनको दोश्रो खेलमा सुदुरपश्चिम प्रदेश र मेयर ११ प्रतिस्पर्धा गर्नेछन् ।

पाँच टोली सम्मिलित प्रतियोगिता ट्वान्टी ट्वान्टी ढाँचामा खेलाइने छ । प्रतियोगितामा दाङमा आयोजना भएको महिला प्रधानमन्त्री कपको सेमीफाइलिस्ट टोलीहरु प्रदेश १, एपीएफ, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशसँगै अन्य प्रदेश टिमका उत्कृस्ट खेलाडीहरुबाट बनेको संयुक्त टोली ललितपुर ११ को सहभागिता रहने छ ।

आठ दिन सम्म संचालन हुने प्रतियोगिताका खेलहरु टियु क्रिकेट मैदानमा खेलाइने छ । एक चरणको राउण्ड रोेबिन लिगपछि शिर्ष स्थानका दुई टोली चैत्र २८ गते उपाधिको लागि भिड्ने छन् ।

प्रतियोगिताको विजेताले तीन लाख प्राप्त गर्नेछन् भने उपविजेताले एक लाख पचास हजार जित्ने छ । प्रतियोगिताको प्लेयर अफ द सिरिजले २५ हजार तथा बेस्ट बलर र बेस्ट ब्याटरको हातमा समान १५-१५ हजार हात लाग्ने छ भने प्रत्येक खेलको प्लेयर अफ द म्याचले तीन हजार प्राप्त गर्नेछन् ।

 

Click to comment

Trending