Headline

नेपाल भलिबल संघ र मिडिया हब बीच ऐतिहासिक सम्झौता 

Published

on

नेपाल भलिबल संघले मिडिया हबसँग एतिहासिक सम्झौता गरेको छ ।

संघको आयोजनामा यसै महिना चैत्र १९ गते देखि २६ सम्म हुन लागेको पाँचौं आरबीबी एनभिए राष्ट्रिय पुरुष तथा महिला भलिबल लिगका लागि संघले मिडिया हबलाई ब्रोडकास्टिङ राइट बापत चार लाख १० हजारको सम्झौता गरेको छ । त्यस्तै मिडिया हबले टिकेटिङ राइट बापत भलिबल संघलाई चार लाख पनि दिनेछ ।

काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनका क्रममा भलिबल संघका महासचिब जितेन्द्र बहादुर चन्द र मिडिया हबका अध्यक्ष सोम धितालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पछि मिडिया हबले आफ्नो युटुबमा प्रतियोगिताका सबै खेलहरु प्रत्यक्ष प्रसारण गर्नेछ भने नेपालका चर्चित फेसबुक पेजमा पनि लाइभ गर्नेछ ।

त्यस्तै प्रतियोगिताको फाइनल खेल नेपालकै लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ मा समेत प्रत्यक्ष प्रसारण गरिने छ ।

Click to comment

Trending