Headline

रँगशालामा फुटबल हेर्न स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने

Published

on

भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले पनि नेपालमा सतर्कता अपनाउन सार्वजनिक निर्देशन दिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आजबाट शुरु हुने थ्री नेशन्स कपका लागि पनि स्वास्थ्य सुरक्षा मापदण्ड जारी गरेको छ ।

थ्री नेसन्सको पहिलो दिन दशरथ रँगशालामा बङ्गलादेशको राष्ट्रिय टोली र किर्गिस्तान ओलम्पिक टिम खेल्न गइरहेका छन् । एन्फाका अनुसार रँगशाला प्रवेश गर्नेहरुको नियमित रुपमा तापक्रम लिइने, सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गर्नु पर्ने, भौतिक तथा सामाजिक दुरी कायम गर्नु पर्ने र मास्क अनिवाई लगाउनु पर्ने मापदण्ड तय गरेको हो ।

स्वास्थ्य मन्त्रालयले भारतमा संक्रमितको संख्या बढेको भन्दै सभा सम्मेलन, मानिसहरु भेला हुने काम सकभर नगर्नु भनेर बिज्ञप्ति जारी गरेको थियो । एन्फाले नेपाल सरकार तथा फिफा र एएफसीको स्वास्थ्य नियम पालना गर्दै दर्शकका लागि दिने प्रवेश दिन गइरहेको हो ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले विस्पोर्ट्जलाई यसअघि नै दर्शकलाई मैदानमा प्रवेश दिने बताएका थिए । “लामो समय पछि नेपाली मैदानमा राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै छ । त्यसमा हामी निश्चित रुपमा दशरथ रंगशालामा दर्शकलाई प्रवेश दिने छौं,” शेर्पाले भने ।

“हामीले यस अघि नै १५ हजार भन्दा बढी दर्शक अट्ने क्षमता भए पनि १०–१२ हजार दर्शकलाई मात्र प्रवेश दिने भनेका थियौं । तर अब हामी यसलाई पनि घटाएर ६ देखि ८ हजारलाई मात्र प्रवेश दिने भएका छौं । यसका लागि दर्शकलाई सबै स्वास्थ्य नियम पालना गराउने छौं ।”

त्यस्तै एन्फाले दर्शकहरुका लागि प्याराफिटमा समजिक दुरी कामय गरि बस्ने स्थानमा चिन्ह पनि लगाउने शेर्पाले जनाए । एन्फाले थ्री नेशन्स कपका लागि टिकटको मुल्य भिआईपी तर्फ १५ सय र सामान्य तर्फ ७ सय तोकेको छ ।

Click to comment

Trending