Headline

भारतीय क्रिकेट टोली आईसीसीको कारबाहीमा

Published

on

भारतीय क्रिकेट टोलीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले कारबाही गरेको छ ।

इंग्ल्यान्ड विरुद्धको पाँचौं तथा अन्तिम ट्वान्टी ट्वान्टी खेलमा स्लो ओभर रेटका लागि आईसीसीले कारबाही गरेको हो । स्लो ओभर रेटका कारण भारतीय खेलाडीहरुले आफ्नो म्याच फिको ४० प्रतिशत काटिएको छ । आईसीसीले प्रत्येक ओभरका लागि २० प्रतिशत रकम काट्ने गर्दछ । हिजोको खेलमा भारत दुई ओभर ढिला भएका कारण ४० प्रतिशत काटिएको हो ।

म्याच रेफ्री जभागल श्रीनाथले आईसीसीको आर्टिकल दुई दशमलब २२ अन्तर्गत भारती टोलीलाई कारबाही गरेका हुन् ।

हिजो सम्पन्न पाँचौं तथा अन्तिम ट्वान्टी ट्वान्टी खेलमा इंग्ल्यान्ड माथि ३६ रनको रोमान्चक जित निकाल्दै घरेलु टोली भारतले शृंखला माथि कब्जा जमाएको थियो । यस अघि २-२ को बराबरीमा रहेको शृंखला अन्तर्गतको पाँचौं खेलमा जित हात पार्दै भारतले शृंखला ३-२ ले आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

Click to comment

Trending